‘चलचित्र विकास बोर्ड सदस्य दाहाललाइ अध्यक्ष बनाउँदा राम्रो हुन्छ’ : राजेश हमाल


सेलिब्रेटी नेपाल

काठमाडौँ:नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल २०२० को चौथौं दिन महानायक राजेश हमालले चलचित्रमा नजिक रहेका व्यक्तित्वहरु र चलचित्र कर्मीसँग साक्षात्कार गरेका छन् । निफको तेश्रो संस्करणको चौथौं दिन उनले राष्ट्रिय सभागृहमा उपस्थित सयौं चलचित्रकर्मीसँग साक्षात्कार गरेका हुन् ।

हमालले साक्षात्कारकै बीचमा विभिन्न जिज्ञासाहरुमा आफ्नो धारण राखिरहे । चलचित्र विकास बोर्डको अध्यक्षमा तपाईको दाबेदारी हुन्छ की हुदैन ? बोर्डमा कस्ता व्यक्तिको खाँचो छ ? भनी उनलाई गरिएको प्रश्नमा समेत हमालले आफ्नो धारण प्रष्ट राखेका छन् ।

हमालले यसको प्रतिउत्तरमा आफु विकास बोर्डको अध्यक्षमा तत्कालै गई नहाल्ने प्रष्ट पारे । उनले विकास बोर्डमा सक्षम र समस्या पहिचान गर्न सक्ने मान्छेको आवश्यकता भएको बताए । उनले त्यस्तो सक्षम व्यक्तित्व अहिले पनि बोर्डको सदस्यमै रहेको प्रष्ट पारे ।

तत्कालिन बोर्ड अध्यक्ष स्व. केशव भट्टराई हुदाँ पनि नजिकै बसेर धेरै कामहरु गरेको अनुभव उनीसँग छ । नेपाली चलचित्रमा थुप्रै चलचित्र निर्देशन गरेका उनी कुशल र बोर्डको लागि उपयुक्त भएको भन्दै हमालले निर्देशक दयाराम दाहालप्रति आफ्नो धारण ईङिगत गरे ।

तत्कालिन बोर्ड अध्यक्षको नजिकका मान्छे पनि हुन्, सक्षम र चलचित्र क्षेत्रको सबै समस्या पहिचान गरेका व्यक्ति पनि हुन् । काम गरेको अनुभव पनि भएको कारण अहिले बोर्डमा सदस्य रहेका उनैलाई बोर्ड अध्यक्ष बनाउनु पर्ने भन्दै हमालले निरन्तर दयाराम दाहाललाई कटाक्ष गरिरहे ।

साक्षात्कार कार्यक्रममा हमालले आफ्नो बाल्यकालदेखि वर्तमानसम्मको अवस्थालाई चित्रण गरेका छन् । उनले आफ्नो बाल्यकाल, शिक्षा र चलचित्र क्षेत्रमा शुरुवाति करिअरको वारेमा सबैलाई प्रष्ट पारे ।

एकदमै न्युनतम चलचित्र बन्ने गरेको अवस्थामा उनले चलचित्र क्षेत्रमा नयाँ क्रान्ति शुरु गरेको बताए । उनको पहिलो चलचित्र “द युगदेखि युगसम्म” रिलिज पश्चात नेपालमा लगातार चलचित्र निर्माणमा वृद्धि भईरह्यो । यस्तो अवस्थामा लगातार चलचित्रमै सक्रिय भएको र यसले आफुलाई अहिले विभिन्न उपाधीहरु दिएको हमालले स्मरण गरे ।

“म फिल्मको सुटिङमा व्यस्त थिए, पाकिस्तानमा बुबाको मृत्यु भएको खबर पाए । मेरो करिअरलाई लिएर चिन्तित रहने बुबालाई सफलता प्राप्त गरेर आफ्नो पक्षमा रिझाउने सपना बोकेको थिएँ । तर, त्यो सब अधुरो भयो । गुड बाई पनि भन्न नपाई बुबाले संसार छोड्नुभयो, हमालले विगत सम्झँदै भने ।”

“यो अवस्थाबाट पनि म चलचित्रबाट टाँढिन । अब चलचित्र नै मेरो जीन्दगी बनेको छ । त्यसैले यो क्षेत्रको विकासको लागि निरन्तर तयार रहनेछु, हमालले भने ।”