चिया बारीमा जीवन र संचिताको प्रेम यसरि छल्कियो (भिडियो)


Radha-movie
सेलिब्रेटी नेपाल काठमाडौँ
चलचित्रको गीत राम्रो भयो भने गीतले दर्शक लाइ हलमा तान्न सक्छ भन्ने मान्यता राख्ने र गीत संगीतमा निकै नै मेहनत गर्ने निर्देशक योगेश घिमिरेको चलचित्र ‘राधा’को गीत रिलीज भएको छ । लोकलयमा बनेको यस गीतमा नायक जिवन लुईँटेल र नायिका सञ्चिता लुईँटेल इलामको चियाबारीमा प्रेममा देखिएका छन् । कोरियोग्राफर कविराज गहतराजले निकै नै मेहनत गरेर गीत लाइ आकर्षक बनाएका छन् बसन्त सापकोटा संगीत र रचना रहेको छ गीतमा किरण गजमेर र मेलिना राईको स्वर रहेको छ । चलचित्रका निर्माता बिष्णुमणी दाहाल र सुशिल कार्की हुन् । चलचित्र दिपावलीको छेकोमा सार्बजनिक प्रदर्शन गर्ने बताईएको छ ।