प्रदर्शनमा ‘छ माया छपक्कै’


सेलिब्रेटी नेपाल

काठमाडौँ: फ्राईडे रिलिज अन्तर्गत आजबाट चलचित्र ‘छ माया छपक्कै’ प्रदर्शनमा आएको छ । दशैँमा प्रदर्शनमा आउने चर्चामा रहेको चलचित्र दशैँ सकिए पश्चात प्रदर्शनमा आएको छ। आजबाट दशैं बिदा सकिएको छ । दशैं बिदा सकिए संगै सबै आ-आफ्नो नियमित कार्यमा फर्किन थालेका छन् ।

दिपेन्द्र लामाले निर्देशन गरेको चलचित्र ‘छ माया छपक्कै’मा दीपक राज गिरी, केकी अधिकारी, सुपुष्पा भट्ट, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल , रमा थपलीया , प्रकाश घिमिरे , बिष्णु सापकोटा , बसन्त भट्ट , सुनिता गौतम , दिपाश्री निरौला लगायत कलाकारहरुको अभिनय रहेको छ । आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण भएको चलचित्र ‘छ माया छपक्कै’ का निर्माता रोहित अधिकारी रहेका छन् ।

चलचित्रमा हरी हुमागाईंको छायांकन रहेको छ । चलचित्रमा दिपाश्री निरौला सल्लाहकार निर्देशकको रुपमा रहेकी छिन् । कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व र विपिन मल्लको सम्पादन रहेको छ ।