२०७६ मा विवाह गर्ने सेलिब्रेटीहरु


सेलिब्रेटी नेपाल

काठमाडौँ: यो वर्ष २०७६ मा आधा दर्जन बढी सेलिब्रेटीले बिहे गरेका छन् । अभिनेत्री दीपिका प्रसाईंदेखि आँचल शर्मासम्मले यसै वर्ष विवाह गरेका हुन् ।

अभिनेत्री दीपिका प्रसाईंले निर्देशक दीवाकर भट्टराइसँग यसै वर्ष विवाह गरिन् । उनीहरु केही वर्ष प्रेम सम्बन्धमा रहेपछि विवाह गरेका हुन् । दीवाकर र दीपिकाको विवाह वैशाख २४ मा भएको थियो ।

यो वर्ष नै निर्देशक रेनशा वान्तवा राईले निर्माता प्रज्वल शमशेर जबरासँग विवाह गरिन् । उनीहरुले पनि वैशाखको २४ गते नै लगन गाँठो कसेका हुन् । अभिनेत्री ऋचा शर्माले पनि यसै बर्ष विवाह गरिन। प्रेमी दिपेक्ष विक्रम राणासँग ऋचाले २ वर्षको प्रेम पश्चात विवाह गरिन् ।

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराजले फागुनको १६ गते विवाह गरे । करिब एक साता चलेको विवाह भव्य भयो । जसले गर्दा पनि यी दुईले लामो समय मिडियामा चर्चा पाए । उनीहरु पनि केही वर्ष प्रेम सम्बन्धमा थिए ।

अभिनेत्री आँचल शर्मा र उनका प्रेमी उदिप श्रेष्ठले पनि यसै बर्ष लगन गाँठो कसे । एक वर्ष लामो प्रेम सम्बन्धपछि उनीहरुले विवाह गरेका थिए । अभिनेत्री रीश्मा गुरुङले पनि यो वर्ष नै विवाह गरिन् ।