सेलेब्रेटीहरु कसरी मनाउँदैछन् त यसपालीको होली ?


(सेलेब्रेटी नेपाल)-१३ चैत्र रंगहरुको रमाईलो पर्व होली विभिन्न ठाँउ र समुदायमा फरक फरक किसिमले मनाईन्छ । होलीको राम्रा पक्षहरु धेरै भएपनि जवरजस्ती लोला हान्ने, रंग दल्ने जस्ता क्रियाकलापले यो पर्वलाई विकृत बनाउदै पनि लगेको छ ।तर, केही बर्षदेखि आफ्नो काममा हिडेका, कामकाजी मानिसहरुलाई जबरजस्ती लोला हान्ने, रंग दलिदिने, फोहोर पानी छ्याप्ने जस्ता घटनाहरुमा कमी अएको धेरैले महसुस गरेका छन् ।यो चाड सभ्य तरिकाले मनाउने पनि उत्तिकै छन् । यसपालीको होली पहाडमा १३ गते र तराईमा १४ गते मनाईदैछ । कलाकारहरु कसरी मनाउँदैछन् त यसपालीको होली ?

हास्यकलाकार दिपकराज गिरी होली पर्वलाई महत्वको साथमा हेर्छन् । होलिको बेलामा विहानदेखि बेलुकीसम्म रंग दल्ने पानी छ्याप्ने कुरामा त्यस्तो धेरै विविधता नभएको उनको बुझाई छ ।होलीको दिनमा दिपक मध्यान्न सम्म मात्र होली खेल्ने र त्यसपछि आफ्ना दाईहरुसँग बनभोजमा रमाउने गर्छन् ।
दिपकका अनुसार उनको प्रत्येक बर्ष होलीकै दिन बनभोज खाने चलन नै छ । विभिन्न टि भी च्यानलहरुबाट होली खेल्न निम्ता आए पनि सबै ठाँउमा जान नभ्याउने उनी बताउछन् ।उनी भन्छन् ‘यसपालीको होली पनि आफ्ना पुराना साथीहरु र दाईहरुसँग बनभोजमै रंग दल्ने, नाचगान गर्ने, मिठो मिठो खानेकुराहरु खाने गरेर नै मनाउने सोचमा छु ।’

तितो सत्यकी नायिका दिपाश्रीको पनि होलीलाई लिएर आफ्नै धारणा छ । तराईको छोरी भएको हुनाले पनि होली आफ्नो लागि विषेश महत्व राख्ने उनी बताउँछिन् । विराटनगरमा सानो छदा मनाएको होली उनी सधै सम्झन्छिन् ।
कालो कराईमा खानेतेल हालेर कालो दलेर, भाङ्गको घट्टा र लड्डु खाएर मनाएको पुरानो होलीको याद प्रत्येक होलीमा पुन ताजा हुन्छ उनलाई ।
विराटनगरको घरमा हुदा विभिन्न परिकारहरु बनाई आफ्न्तहरुलाई बोलाएर पहिला मज्जाले खुवाउने त्यसपछि रंग दलिदिने, पानी छ्याप्ने गरेको उनी सुनाउछिन् ।
अविरलाई भन्दा पनि रंग, पानीलाई महत्व दिने गरेकोमा काठमाडौं आएपछि अबिरमात्र प्रयोग गरेर होली खेलेको देख्दा के होली खेलेको होला यस्तो? भन्ने लाग्थ्यो उनलाई । फोहोर पानीको लोला बनाएर हान्ने चलन उनलाई मन पर्दैन बरु रंग पानी छ्यापेको राम्रो लाग्छ उनलाई ।

गायक प्रमोद खरेललाई होली एउटा सामान्य चाडपर्ब नै हो भन्ने लाग्छ तर जीबनमै त्यस्तो ठुलो महत्व भने राख्दैन यो पर्बले । यसपालीको होली उनी काठमाण्डौंमा मनाएर इटहरीमा पनि मनाउने सोचमा छन् ।कार्यक्रमको सिलसिलामा उनी इटहरी जादैछन् ।गतसालबाट होली आउनु धेरै अगाडीबाट नै लोला र फोहोर पानी छ्रयाप्ने चलन कम भएको खुसी लागेको छ उनलाई ।रङ्गहरुको पर्ब होलीमा इच्छा बिपरीत कसैलाइ पनि दुख नदिन उनी आग्रह गर्छन । साथी भाइ भेटघाट र रमझमको एउटा राम्रो अवसरको रुपमा लिन्छन उनी होलीलाई ।

नायक दिलिप रायमाझी पनि यो बर्षको होली नायिका करिश्मा मानन्धरको घरमा नै मनाउदैछन् । करिश्माका श्रीमान बिनोद मानन्धरको जन्मदिन पनि होलीकै दिन परेकाले पनि खुब रमाईलो गर्ने मुडमा छन दिलिप । होली भन्ने वित्तिकै रमाईलो गर्ने अवसरको रुपमा लिन्छन उनी ।
अरु चाडपर्व सानोमा धेरै रमाईलो लाग्थ्यो तर उमेर वित्दै जादा त्यसको रौनक कम भए पनि होली भने अझै उस्त रोचक लाग्ने उनी बताउछन् ।
होलीको दिनमा आफुसँग रिसाएका मान्छेहरुसँग पनि रंग दलेर नयाँ मित्रता गस्न पाईने भएकोले पनि उनलाई होली मन पर्छ । सानो छदा खेलेको हेली उनी कहिल्यै विर्सदैनन् ।साथीहरुसँग होली खेल्दा रंग सकिएर टाउकोमा मोविल दल्दा होली सकिएपछि गाँउका सबै साथीहरुले टाउको चिन्डे पार्नुपरेको रमाईलो घटना उनको संझनामा अझै पनि ताजै छ ।होलीको नाममा विकृति फैलाउने किसिमका चलनहरु दिलिपलाई पनि मन पर्दैन ।

नायक सुमनको लागि होली महत्वपुर्ण रहेको बताउँछन् । यसपालीको होलीमा मिडियाका साथीहरु र चलचित्रकर्मीहरुसँग मिलेर मनाउने सोचाईमा छन सुमन । प्रत्येक होलीमा उनी धनगढीमा साथीहरुसँग मनाएका होली सम्झन्छन् ।
धनगढीमा हुदा ४०–५० जनाको जम्बो टोलीमा रमाईलोसँग होली खेल्ने गरेको पिकनिक जाने गरेको, बाटो हिड्ने मान्छेहरुलाई पनि खुवाउने, रमाईलो गर्ने गरेको उनी सुनाउछन् ।होलीमा खेलिने रंग एउटै भए पनि काठमाण्डौंमा खेलिने होली र धनगढीमा खेलिने होलीमा धेरै फरक रहेको उनको ठ्म्याई छ ।सानो उमेरमा होली खेल्दाको रमाईलो अहिलेको भन्दा धेरै भएको उनी बताउछन् ।

नायिका विनिता बराल यसपालीको होली चितवनमा मनाउदैछिन् । नायिका करिश्मा मानन्धरको घरमा होली खेल्ने सोच बनाएकी उनले काम विषेशले चितवन जानु परेकोले होली पनि उतै मनाउने बताईन ।चलचित्रको रंगीन दुनिया र होलीको रंगीन दुनिया दुबै उनलाई मन पर्छ । अहिले सम्म मनाएको होली मध्ये गतबर्ष चपली हाईटको टोलीसँग मनाएको होली सबैभन्दा रमाईलो भएको उनी सुनाउछिन् ।
पहिला पहिला होलीमा लोलाले हानेर हैरान पार्ने गरेकोमा गत बर्षबाट भने त्यस्तो लोला आफूलाई कसैले नहानेको सुनाउन पाउदा उनलाई खुशी लाग्छ ।
उज्यालोबाट