क्यानडामाहुने अवार्डमा अनमोल,विपिन र सलिनमानको प्रतिस्पर्धा


सेलिब्रेटी नेपाल

काठमाडौँ: क्यानडामा हुन गइरहेको पहिलो ‘सिने स्टार अवार्ड २०२०’ को उत्कृष्ट तीनको मनोनयन सार्वजनिक गरिएको छ । बिहबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच आयोजकले ‘टप थ्री नोमिनिज’ सार्वजनिकसँगै सम्बन्धित विधाका प्रतिस्पर्धीलाई प्रमाणपत्र वितरण गर्यो ।

अवार्ड अन्तर्गत उत्कृष्ट फिल्मको प्रतिस्पर्धामा ‘प्रसाद’, ‘बुलबुल’ र ‘छक्का पञ्जा ३’ परेका छन् भने उत्कृष्ट अभिनेतातर्फ ‘ए मेरो हजुर ३’ बाट अनमोल केसी, ‘प्रसाद’बाट विपिन कार्की र ‘यात्रा’बाट सलिनमान बनियाँ प्रतिस्पर्धामा रहँदा अभिनेत्रीतर्फ ‘बुलबुल’बाट स्वस्तिमा खड्का, ‘रोमियो एण्ड मुना’बाट सृष्टि श्रेष्ठ र ‘प्रसाद’बाट नम्रता श्रेष्ठ प्रतिस्पर्धामा छन् ।

यस्तै उत्कृष्ट पटकथातर्फ ‘प्रसाद’बाट सुशिल पौडेल, ‘बुलबुल’बाट विनोद पौडेल र ‘छक्का पञ्जा ३’ बाट दीपकराज गिरी मनोनयनमा पर्दा सह- अभिनेतामा ‘ए मेरो हजुर ३’बाट सलोन बस्नेत, ‘छक्का पञ्जा ३’बाट केदार घिमिरे र ‘जय बोले’बाट सौगात मल्ल उत्कृष्ट तीनको मनोनयनमा छन् । सह- अभिनेत्रीतर्फ ‘नाइँ नभन्नु ल ५’ बाट प्रियंका कार्की, ‘बुलबुल’ लक्ष्मी बर्देवा र ‘गोपी’बाट सुरक्षा पन्त प्रतिस्पर्धामा छन् ।

गत वर्ष (२०७५) सालभरी प्रदर्शनमा आएका फिल्महरु मध्येबाट अवार्डको निर्णायक समितिले उत्कृष्ट तीन प्रतिस्पर्धी चयन गरेको हो । आगामी फेब्रुअरी २२ तारिखमा टोरन्टोमा हुने अवार्ड समारोहमा कुल १२ विधामा अवार्ड प्रदान हुनेछ भने जुरी अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड क्रमशः निर्णायक र आयोजकले प्रदान गर्नेछ ।

कार्यक्रममा बोल्दै आयोजक हिल्सा इन्टरटेन्मेन्ट प्रमुख प्रतिक बुढाथोकीले राष्ट्रका गहना मानिने कलाकारहरु र सामाजिक मार्ग निर्देशक बन्दै आइरहेको फिल्मी क्षेत्रलाई सम्मान गर्न पाउनु गर्वको विषय बनेको बताए । उनले नेपाली फिल्मको बजार विस्तार र अन्तर्राष्ट्रियकरणमा विदेशी भुमीमा हुन लागेको यो अवार्डले सघाउ पुर्याउने विश्वास पोखे । नेपाल सरकारले मनाउँदै गरेको ‘भ्रमण बर्ष २०२०’को सफलतामा पनि नेपाली कलाकर्मीको सहभागीतामा क्यानडामा हुने यो कार्यक्रमले हातेमालो गर्ने अपेक्षा आयोजकको छ ।

हिल्सा इन्टरटेनमेन्ट प्रा. लि. नेपालको मुख्य आयोजनामा हुने अवार्ड जी.टी.ए. लायन्स क्लब टोरेन्टो क्यानडा र सिने मल्टीभिजन क्यानडाको सहकार्यमा हुनेछ ।

प्रतिस्पर्धी विधाहरु (उत्कृष्ट तीन मनोनयन)
उत्कृष्ट फिल्मः
प्रसाद
छक्का पञ्जा ३
बुलबुल

उत्कृष्ट निर्देशकः
बिनोद पौडेल – बुलबुल
दीपाश्री निरौला – छक्का पन्जा ३
दिनेश राउत – प्रसाद

उत्कृष्ट पटकथाः
दीपकराज गिरी – छक्का पन्जा ३
सुशील पौडेल – प्रसाद
बिनोद पौडेल – बुलबुल

उत्कृष्ट अभिनेताः
अनमोल केसी – ए मेरो हजुर ३
विपिन कार्की – प्रसाद
सलिनमान बनियाँ – यात्रा

उत्कृष्ट अभिनेत्रीः
स्वस्तिमा खड्का – बुलबुल
सृष्टि श्रेष्ठ – रोमियो एण्ड मुना
नम्रता श्रेष्ठ – प्रसाद

उत्कृष्ट सह-अभिनेत्रीः
लक्ष्मी वर्देवा – बुलबुल
सुरक्षा पन्त – गोपी
प्रियंका कार्की – नाइँ नभन्नु ल ५

उत्कृष्ट सह-अभिनेताः
सलोन बस्नेत – ए मेरो हजुर ३
सौगात मल्ल – जय भोले
केदार घिमिरे – छक्का पन्जा ३

उत्कृष्ट सम्पादनः
बनिश शाह र मिलन श्रेष्ठ – रामकहानी
निमेष श्रेष्ठ – साइँली
बिपिन मल्ल – छक्का पन्जा ३

उत्कृष्ट सिनेमाटोग्राफरः
मानकृष्ण महर्जन – छिरिङ
आलोक शुक्ला – लभ स्टेशन
पुरुषोत्तम प्रधान – छक्का पन्जा ३

उत्कृष्ट पार्श्व गायिकाः
प्रविशा अधिकारी – फुल होइन काँडा – रोज
विन्दु परियार – पहिलो नम्बरमा – छक्का पन्जा ३
अन्जु पन्त – बनकी चरी – प्रसाद

उत्कृष्ट पार्श्व गायकः
प्रताप दास – फुल होइन काँडा – रोज
सुगम पोखरेल – जिन्दगी नै भन्दिन – ए मेरो हजुर ३
रुपक डोटेल – बनकी चरी – प्रसाद

उत्कृष्ट संगीतकारः
एलिश कार्की – रोज
बसन्त सापकोटा – नाइँ नभन्नु ल ५
दीपक शर्मा – छक्का पन्जा ३