‘मसँग ब्ल्याकमेल गर्न खोजियो’ विराज भट्ट


सेलिब्रेटी नेपाल

काठमाडौं:अभिनेता विराज भट्टले चलचित्र ‘साङ्लो’को गीत चोरीको बिषयमा आफ्नो केही दोस नभएको बताएका छन् । मंगलबार राजधानीमा एक पत्रकार भेटघाट कार्यक्रम गर्दै अभिनेता विराजले चलचित्र ‘साङ्लो’को निर्माता, निर्देशक र अभिनेता समेत आफु रहेको भन्दैे ‘साङ्लो’ को गीत आफुले संगीतकार सुरेश अधिकारीसँग पूर्ण गीत नै लिएकोले चोरीको आरोप लगाउन नमिल्ने स्पष्ट परे ।

‘अहिले गीतको बिवाद श्रृजना गर्ने सुदीप भुपाल सिंह हुनुहुन्छ । उहाँ यो गीतका श्रष्ठा भन्ने मलाई पनि थाहा थिएन । त्यसको बारेमा संगीतकार सुरेश अधिकारी दाईले पनि भन्नु भएको थिएन’ विराजले भने ‘साङ्लो फिल्मका लागि राम्रो गीत मलाई चाहिएको थियो । त्यसका लागि सुरेस दाईसँग मागे । दाइले गीत दिनुभयो । मैले गीतका लागि दिनुपर्ने खर्च दिएर लिए ।’ धेरै अगाडि लिएको यो गीत अहिले फिलम रिलिजको संघारमा बिवादमा मुछिँदा निकै दुःख लागेको विराजले सुनाए ।

‘मेरो फिल्म र ब्यानरलाई मुछेर गीतको विषमा उजुरी हालिएको छ । त्यो किन र केका लागि भन्ने बुझेको छैन’ विराजले अगाडि भने ‘मैले संगीतकारसँग एक पूर्ण गीत लिएको हो ।’ आफुले पहिले यो गीतको बिवाद छ वा यस्तो हुन्छ भन्ने थाहा पाएको भए गीत नलिने विराजले सुनाए ।

‘गीतको बिषयमा हुनमान ढोकाबाट बोलावट आयो । उजुरीवाला सुदीप जीले पनि भेट्ने भन्नुभयो’ बिराजले थपे ‘आफ्नो ब्यस्तताको बाबजुत पनि उहाँलाई भेटे । भेटमा सुदीप जिलाई भने यो तपाई र सुरेस दाइको बीचको कुरो हो । यसलाई सहज रुपमा मिलाउ । तपाइको नाम छुटेको भए मिलाउँछौ भने । मैले नियम कानुन सम्बत गीत लिएको छु समेत भने ।’

आफुले के गर्न सकिन्छ कसो गर्न सकिन्छ मिलौं भनेको बताएका बिराजले आफ्नो लचकतालाई सुदीपजीले पैसाको बार्गेनिङ गर्न खोजेको आरोप लगाए । ‘मलाई त त्यहाँ ब्ल्याक मेल गर्न खोजियो’ बिराजले अगाडि भने, ‘एउटा गीत तपाईले भने जस्तो खर्च गरेर दिन्छु भन्दा पनि मान्नु भएन । गीतको शब्दको पैसा ५० हजार दिन्छुभन्दा पनि यो रकम यही पुग्दैन भन्नुभयो ।’ सुदिपले दश–बीस लाख चाहिएको जस्ता कुरा गर्नु भएकोले आफुहरुबीच कुरा नमिलेको बिराजले सुनाए । भने, ‘एउटा गीतको दश बीस लाख चाहिन्छ भन्ने आसय राख्नु यो ब्लाकमेलिङ नभएर के हो ?’

संगीतकार सुरेश अधिकारीले गीतको शब्दमा सुदीपको नाम छुटेको त्यो राखेपछि कुरो मिल्ने बताए । ‘गीतमा उनको र मेरो शब्द छ । गीत बाहिर ल्याउँदा उहाँको नाम छुटेको हो । उहाँले नाम खोज्नु जायज हो’ संगीतकार अधिकारीले भने ‘टेक्निकल गडबढीका कारण विवाद भएको हो, त्यो मिल्छ । त्यसको प्रयास म गर्दैछु ।’ सुरेशले गल्ती आफुबाट भएको स्वीकार्दै सच्याउन प्रयास भइरहेको समेत बताए ।