‘बजारमा गलत हल्ला फैलाइयो’ निर्देशक मिलन चाम्स भन्छन् –‘प्रनेश समीक्षाका कारण पक्राउ परेको होइन्’


काठमाडौं । ‘मिम नेपाल’का प्रनेश गौतमको पक्राउबारे गतल प्रचार भईरहेको निर्देशक तथा निर्माता मिलन चाम्सले गुनासो गरेका छन् ।

चलचित्र ‘वीर बिक्रम २’को बारेमा बनाएको हस्यौली भिडियोलाई लिएर निर्माता तथा निर्देशक चाम्सले प्रहरीमा उजुरी दिएपछि प्रनेश प्रकाउ परेका छन् । अहिले उनि प्रहरी हिरासतमा छन् । चलचित्रको हस्यौली समीक्षा गरेको आधारमा पक्राउ गर्नु अभिव्यक्ति स्वतन्त्रता विपरीत रहेको भन्दै प्रनेशको पक्राउलाई लिएर अहिले सर्वत्र आलोचना भईरहेको छ ।

बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माता तथा निर्देशक चाम्सले प्रनेश चलचित्र समीक्षा गरेको आधारमा पक्राउ परेको गलत सूचना सम्प्रेषण भईरहेको बताए । उनले भने, –‘चलचित्र समीक्षाका कारण हामी प्रहरी कहाँ गएको होइन् । गालिबेइज्यत, मानहानी, चरित्रहत्या, रंगभेद, अपशब्द टिप्पणीका कारण प्रनेशबिरुद्ध प्रहरीकहाँ जान वाध्य भएका हौं ।’

निर्देशक चाम्सले प्रनेशलाई टर्चर दिने, जिन्दगी नै बर्वाद बनाउने आफूहरुको नियत नभएको बताउँदै सिकाईको लागि मात्र निवेदन दिएको प्रष्टाए ।

‘भिडियोमा अपशब्दहरु बेलिएको छ । के हाम्रो समाजले सिक्ने त्यहि हो त ? सोसल मिडियामा यस्ता कुराहरु छाडा छोडदा भोली बच्चाहरुले के सिक्छन् ? त्यो हुन नदिनु हामी सबै नागरिकको दायित्व हो’ –मिलन भन्छन् ।
मिलनले सामान्य विषयलाई राजनीतिक रंग दिईएकोमा दुःख लागेको बताए । उनले प्रनेशलाई छुट्टाउन आफू स्वयंम पनि लागिपरेको बताए ।

यो भिडियो हेर्नुहोस् :