तामझामका साथ ‘बीर विक्रम २’ को प्रिमियर ! चलचित्रले पायो उत्कृस्ट प्रतिक्रिया


सेलिब्रेटी नेपाल

काठमाडौँ:आगामी शुक्रबार अर्थात् जेठ ३ गते बाट प्रदर्शनमा आउने चलचित्र ‘बीर विक्रम २’ले रिलिजको पुर्वसन्ध्यामा ग्राण्ड प्रिमियर सम्पन्न गरेको छ । चलचित्रकर्मी तथा संचारकर्मीको को राम्रो उपस्थिति रहेको प्रिमियरलाई ‘रोयल प्रिमियर’ नाम दिइएको थियो । जहाँ चलचित्रका मुख्य कलाकारले बाजाको तालमा निलो कार्पेटमा सुन्दरता छरेका थिए ।

प्रिमियरमा शिव श्रेष्ठ, भुवन केसी, पूजा शर्मा, सन्दीप क्षेत्री, अनु शाह, प्रमोद खरेल,कुन्जना घिमिरे लगायतका कलाकारले उपस्थिति जनाए । पिङ्क गाउनमा उपस्थित भएकी अभिनेत्री वर्षा सिवाकोटी सबैभन्दा धेरै क्यामरामा कैद भइन । भने, पल शाह, नाजिर हुसेन र बुद्दि तामाङ सुटमा फिट देखिएका थिए ।

रोयल प्रिमियरमा चलचित्रका प्राविधिकहरुलाई सम्मान स्वरुप मायाको चिनो वितरण गरिएको थियो । घोषणा समारोह होस् वा प्रिमियर, निर्देशक मिलन चाम्सले तयारीमा कुनै कसर बाँकी छोडेनन् । तामझामले गर्दा प्रिमियरमा रौनक छाएको थियो ।

चलचित्र हेरे पश्चात चलचित्र कर्मीले टिमको प्रसंशा गरे । अधिकाँसले चलचित्र ‘फुलडोज इन्टरटेनमेन्ट’ रहेको प्रतिक्रिया दिँदा निर्मण पक्ष हर्षित बनेको थियो । अभिनयको हिसावमा सबैले कलाकारले राम्रो काम गरेको चलचित्र कर्मीले बताए ।

निर्देशक मिलन चाम्सले निर्देशन गरेको चलचित्र ‘बीर विक्रम २’ मा देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, बुद्धि तामाङ, क्षितीज सुवेदी, बाल कलाकार मनिष लिम्बु, कृजन गौतम लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद, कविराज गहतरातको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, रञ्जीत गजमेर, ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीको संगीत, सुदीप बरालको डिओपी, नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन रहेको छ । चलचित्र आगामी शुक्रबार अर्थात् जेठ ३ गते बाट सार्बजनिक प्रदर्शनमा आउंदैछ।