विपिनको ‘सेल्फी किंङ’ टिजर सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘सेल्फी किंङ’को टिजर सार्वजनिक गरिएको छ । माघ २४ गतेबाट प्रदर्शनमा आउने चलचित्रको सार्बजनिक टिजरमा अभिनेता विपिन कार्की एउटा सेलिब्रेटी बन्दाको पीडालाई प्रस्तुत गरिएको छ ।

चलचित्रमा विपिन कार्की ‘सेल्फी किंङ’को नामले परिचित चर्चित हाँस्य कलाकार (टेलिभिजन) को भुमिकामा देखिएका छन् । चलचित्रले उक्त कलाकारले कला यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा भन्नेछ ।

चलचित्रलाई बिशाल सापकोटाले निर्देशन गरेका हुन् । चलचित्रको शिर्ष भूमिकामा विपिन कार्कीको अभिनय रहेको छ । विपिनका अलवा चलचित्रमा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, जीवन भट्टराई, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय छ भने अभिनेत्री केकी अधिकारीले बिशेष भुमिकामा अभिनय गरेकी छिन ।

गत वर्ष व्यवसायिक र समिक्षात्मक दुबै रुपमा सफल चलचित्र ‘प्रसाद’का निर्देशक दिनेश राउत र सोही चलचित्रका निर्माता सुभाष थापाले संयुक्त रुपमा निर्माण गरेको चलचित्रमा निर्देशक बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, निर्मल लामाको कोरियोग्राफी, र उत्तम न्यौपानेको साउण्ड डिजाइन रहेको छ । चलचित्रका सह निर्माता राजेश बिसुराल र प्रवल कोइराला हुन् ।