भुवन र रीमाको ‘मिस्टर नेपाली’ छायाँकन सकियो


सेलिब्रेटी नेपाल

काठमाडौँ:भुवन केसी स्टारर चलचित्र ‘मिस्टर नेपाली’को छायाँकन सकिएको छ छायांकन सकिएको अवसरमा निर्माण टिमले आइतबार राजधानीमा इण्डक्लयाप पार्टीको आयोजना गर्यो । देव भुषालको निर्देशनमा तयार भएको चलचित्र ‘मिस्टर नेपाली’को छायांकन ४५ दिनमा सकिएको निर्माणपक्षले जानकारी दिएको छ । आइतबार काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलन तथा इन्ड क्ल्याप पार्टीमा चलचित्र तिहारको अवसर पारेर प्रदर्शन गरिने बताइएको छ ।

देवचुली फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रको छायांकन नवलपरासी र काठमाण्डौमा गरिएको छ । चलचित्रमा नायक भूवन केसी दोहोरी भूमिकामा देखिदैछन् । चलचित्रमा भुवन केसीका अलवा रीमा विश्वकर्मा, बिष्णु सापकोटा, सुरेन्द्र केसी, कमलमणी नेपाल, रवि डंगोलको साथमा डेव्यु कलाकार साहिल श्रेष्ठ र कुसुम राउतको मुख्य भूमिका छ । कार्यक्रममा बोल्दै नायक भूवन केसीले चलचित्र को कथावस्तुले व्यवसायिकतासँगै राष्ट्रियता पनि बोकेको बताए । डेव्यु कलाकार साहिल र कुसुमले एउटा राम्रो चलचित्रमा काम गर्न पाएकोमा खुशी व्यक्त गरे । चलचित्रका निर्देशक देव भुषालले सबैको साथ र सहयोगले चलचित्रको छायांकन कुनै अवरोध विना सकिएको र एउटा राम्रो चलचित्र निर्माण गर्ने शतप्रतिसत मेहनत गरेको सुनाए । विदेशमा रहेका नेपालीहरुको नेपालप्रतिको मायालाई ‘मिस्टर नेपाली’मा देखाउने प्रयास गरिएको निर्माण पक्षको भनाई छ । चलचित्रलाई प्रेमराज दाहालले निर्माण गरेका हुन् । चलचित्रमा हिमाल केसीको द्धन्द्व निर्देशन, सुभाष भुषाल र दिपक शर्माको संगीत, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।