आर्यनले शिल्पा लाई भेट्दा के भयो (भिडियो)


(सेलिब्रेटी नेपाल) काठमाडौँ
छविराज प्रोडक्सनको व्यानरमा निर्मित दोस्रो चलचित्र ‘लज्जा’को पहिलो गीत ‘के भयो भयो’ सार्वजनिक भएको छ। गीतमा नायक आर्यन सिग्देल र नायिका शिल्पा पोखरेललाई देख्न सकिन्छ। यसै चलचित्रमार्फत शिल्पा रजतपटमा ‘डेब्यु’ गरेकी हुन्।
Lazza-poster
गीतमा आर्यन र शिल्पा पानीमा भिज्दै रोमान्टिक बनिरहेको हेर्न सकिन्छ। चलचित्रका निर्देशक नवल नेपाल हुन्। चेतन सापकोटाको संगीत र किरण खरेलको शब्द रहेको गीतमा राज सिग्देलको स्वर रहेको छ। दिजेन्द्र शाक्य निर्माता रहेको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी र मदनकाश्यप घिमिरेको छायांकन छ। सफल निर्माता छविराज ओझा कार्यकारी निर्माता रहेकोचलचित्र कार्तिक ७ गतेबाट अल नेपाल रिलिज हुँदैछ।