कलाकारको गेटअप कुर्दै चार महीना पछि छायांकन समाप्त


(सेलिब्रेटी नेपाल) काठमाडौँ
चलचित्र ‘कुर्बान’ को छायांकन अन्तिम चरणमा पुगेको छ बेद प्रसाद भुर्तेलको निर्देशनमा बनेको कुर्बानमा नायक प्रज्वल गिरि,अभय चन्द,नायिका सोनिया शर्मा खुस्बु पौडेल,पुस्कर भट्ट घनश्याम गिरि,किरण थापा,सुमन श्रेष्ठ आदिको अभिनय रहेको छ। साउथ इन्डियन पाराको द्वन्द दृश्य हरु राखेर दर्शकलाई नयाँ टेस्ट दिन खोजिएको निर्देशक बेद प्रसादले बताए। Kurbaan-poster
४ महिना अघि छायांकन थालिए पनि कलाकारहरुको गेट अप बनाउनु पर्ने भएकोले सुटिंग ढिला गरि सकाउन लागिएको हो। याम कुमार श्रेष्ठको प्रस्तुति रहेको चलचित्रको कार्यकारी निर्माता एन.बी. अन्जान सह निर्माता प्रेम तामांग रहेका छन्। चलचित्रमा द्धन्द निर्देशन चन्द्र पन्त, सँगीत टंक बुढाथोकी र नृत्य निर्देशन कवीराज गहतराजको रहेको छ।