कलाकार र प्राविधिकको सम्मानमा ‘बीर विक्रम २’ प्रिमियर गर्ने


सेलिब्रेटी नेपाल

काठमाडौँ: निर्देशक मिलन चाम्सले शान्ति र समानताको सन्देश दिन चलचित्र ‘बीर विक्रम २’ को रोयल (पर्पल) कार्पेट प्रिमियर गर्ने भएका छन् । सम्भवत: नेपाली चलचित्र क्षेत्रमा पहिलो पटक हुन लागेको यस खालको प्रिमियरले चलचित्रका कलाकार र प्राविधिकलाई राजकीय सम्मान पनि प्रदान गर्नेछ । ‘पर्पल कार्पेट शान्ति र समानताको प्रतिक हो । यहि थिममा आधारित रहेर आयोजना हुने प्रिमियरको उद्येश्य भने कलाकार र प्राविधिकलाई राजकीय सम्मान दिएर मनोबल उचो पार्नु हो ।’ निर्देशक चाम्सले बताए ।

जेठ ३ गते बाट प्रदर्शन हुने चलचित्रको जेठ १ गते भव्य रुपमा प्रिमियर गरिनेछ । मित्रता र प्रेमको कथा भन्ने चलचित्रमा पल शाह, नाजिर हुसेन, वर्षा सिवाकोटी र बुद्दि तामाङको मुख्य भूमिका छ । चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको व्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता अर्पण सापकोटा हुन् । भने चलचित्रमा रञ्जीता सिवाकोटी सह निर्माताको रुपमा रहेकी छन् ।

‘बीर विक्रम २’ मा देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, बुद्धि तामाङ, क्षितीज सुवेदी, बाल कलाकार मनिष लिम्बु, कृजन गौतम लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद, कविराज गहतरातको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, रञ्जीत गजमेर, ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीको संगीत, सुदीप बरालको डिओपी, नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन रहेको छ ।