‘आप्पा’ को नयाँ ओएसटी गीत सार्वजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: दयाहाङ राई स्टारर चलचित्र ‘आप्पा’ को नयाँ ओएसटी गीत सार्वजनिक गरिएको छ । गीत सार्बजनिक सँगै चलचित्रको नयाँ प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ । यसअघि जेष्ठ २४ गते प्रदर्शन हुने भनिएको ‘आप्पा’ अब असार १३ गतेबाट प्रदर्शनमा आउनेछ ।

सार्वजनिक गीतमा हर्क साउँदको शब्द, एसडी योगी र सुशान्त गौतमको संगीत तथा मेलिना राई र एसडी योगीको स्वर छ । गीतको भिडियोलाई किरण थापा, बुद्ध लामा र सुरैन राईले कोरियोग्राफी गरेका हुन् । रवी न्यौपानेले छायाँकन गरेको गीतलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । सार्वजनिक गीतलाई रेनेशा वान्तवा राईले निर्देशन गरेकी हुन् ।

बाबु छोराको सम्बन्धको कथामा निर्माण भएको चलचित्रलाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । यो अनमोलको डेब्यु निर्देशकिय चलचित्र हो । ‘आप्पा’मा रुदेन सादा लेप्चाको लगानी रहेको छ ।

चलचित्रमा दयाहाङ राई, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चाका अलवा बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको समेत मुख्य भुमिका रहेको छ । ‘आप्पा’मा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायाँकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन चलचित्रमा रहेको छ ।