रात परे पछि बाट नायकमा डेब्यु गर्दै अमन


(सेलिब्रेटी नेपाल) काठमाडौँ
लामो समय थियटरमा काम गर्दै फेशन शो हरुको कामको अनुभव पश्चात दोस्रो नेपाली तारा सन्तोष लामाको आँशु रहेछ जिन्दगि बोलको गीत बाट म्युजिक भिडियोमा प्रवेश गरेका अमन पोखरेलले चलचित्र ‘रात परे पछी’ बाट नायकको रुपमा डेब्यु गर्दै छन्। नेपालमा कलाकारितामा छिर्नको लागि कि आफ्नो मान्छे चाहिन्छ कि पैसा लगानी गरेर आउनु पर्छ त्यो दुवै कुरामा आफु सक्षम नभएकोले अलि बढी संघर्ष गर्नु परेको अमनको बुझाई रहेको छ। काम मात्र गरेर हुन्न राम्रो काम गर्नु पर्छ जस्तो पनि स्क्रिप्टमा काम गर्नु हुन्न भन्ने सोचाइका साथ अघि बढी रहेका अमन आफुले काममा कुनै पनि सम्झौता नगर्ने बताउछन्।
Aman-Pokhrel
अमनका गुरु बिरेन्द्र हमाल हुन्। उनि एक्टिंगमा आफु लाई पोख्त रहेको र कुनै पनि भूमिकामा आफु भिज्न सक्ने खुवी आफुमा रहेको बताउछन्। चलचित्र ‘रात परे पछी’का निर्देशक विजय राजले अडिसन मार्फत छानेर अमन लाई चलचित्रमा अनुबन्ध गरेका हुन्। करिब १५० जना बाट अमन सेलेक्ट भएका हुन् विजय राजले निर्देशन गर्ने आगामी चलचित्रमा पनि अमन अनुबन्ध भइ सकेका छन्।