नायिका केकी भन्छिन् उनको इन्गेजमेन्ट हुँदैछ (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
keki-adhikari-sasa
चलचित्र ‘लभ साशा’को ट्रेलर सार्वजनिक भएको छ । केकी अधिकारी र कर्मा शाक्यलाई मूख्य भूमिकामा देखाइएको ट्रेलरमा प्रेम, मित्रता र जीवन दर्शनजस्ता विभिन्न भोगाइको मिश्रणलाई लभ साशामा देखाइएको छ । चलचित्र लभ सासाको ट्रेलरमा नायिका केकीले आफ्नो इन्गेजमेन्ट हुन लागेको बताएकी हुन् ।

सो चलचित्रमा साशाको भूमिकामा केकी अधिकारीले निभाएकी छिन् । प्रचण्डमान श्रेष्ठको निर्देशन रहेको चलचित्र ‘लभ साशा’लाई माधव वाग्लेले लगानी गरेका हुन् । सो चलचित्रमा लेखन पनि निर्देशक श्रेष्ठकै रहेको छ । पपर्कन पिक्चर्सको प्रस्तुती र प्रिन्सेस मुभिज र द टि फोक्स फिल्मसको निर्माण रहेको लभ साशा यही पुस २८ गते प्रदर्शन हुनेछ ।