कलाकार दीपक क्षेत्रीको निधन


सेलिब्रेटी नेपाल

काठमाडौँ: कलाकार दीपक क्षेत्री ५८ वर्षको उमेरमा आफ्नो घरमा सुतेको अवस्थामा मृत भेटिएका छन् । श्रीमती विपना बस्नेत छोरीसँग देश बाहिर भएका कारण कलाकार क्षेत्रीको आइतबार मात्र अन्त्येष्टि गरिने भएको छ ।उनि लामो समयदेखि घाटीको क्यान्सरबाट पीडित थिए । उनको गतबर्ष मात्र स्वर नलीको शल्यक्रिया पनि गरिएको थियो ।

दर्जनौं नेपाली चलचित्रमा खलनायक र चरित्र अभिनेताका रुपमा अभिनय गरेका कलाकार क्षेत्रीले सयभन्दा बढी चलचित्रमा अभिनय गरेका छन् । जुनसुकै भूमिकामा जीवन्त अभिनय गर्न सक्ने खुबी भएका उनले ‘जीवनदान’, ‘सिमाना’, ‘सेतो सूर्य’, ‘राज्जा रानी’, ‘मसान’, ‘झोला’ लगायतका चलचित्रमा अभिनय गरेका छन् ।