सन्नी लियोनी अभिनित एक्सन प्रधान ‘पासवर्ड’ ट्रेलर सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘पासवर्ड’ को ट्रेलर सार्बजनिक गरिएको छ । अपराधिक कथा बोकेको चलचित्रको ट्रेलरमा एक्सन दृश्यहरुले धेरै ठाउं पाएको छ । धेरै जस्तो छायाँकन लण्डनमा गरिएको चलचित्र भदौ २७ गतेबाट प्रदर्शन हुँदैछ । सम्राट बस्नेत निर्देशित चलचित्रमा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको अभिनय छ ।

‘पासवर्ड’ बलिउड अभिनेत्री सन्नी लियोनीका कारण चर्चामा छ । एक आइटम नृत्य पस्केकी सन्नीको चलचित्रमा केहि दृश्यमा अभिनय रहेको निर्माण पक्षले दावी गर्दै आइरहेको छ । ट्रेलरमा भने सन्नीका कुनै पनि संवादसहितका दृश्य प्रस्तुत छैनन् ।

एबी इन्टरनेशनलको व्यानरमा निर्मित चलचित्रमा अर्जुन पोखरेलको संगीत, सम्राट बस्नेतकै एक्सन, अमरजीत सिंहको छायाँकन र सौरभ लामाको डिओपी छ । निर्देशक बस्नेत र महेश दवाडीको पटकथा रहेको चलचित्रको कथा सिमा गुरुङले लेखेकी छन् ।

अंकित गौतमको कार्यकारी निर्माण रहेको चलचित्रमा निर्माताको रुपमा अमित बस्नेत र हिराल जोशी छन् । भने, युकेको लागि कार्यकारी निर्माता मोहित छब्रा हुन्। अजित के.आर थापाको सह-लगानी रहेको चलचित्रको लाइन प्रोड्युसर सनिश खकुरेल हुन् ।