आर्यन मिरुना र भोलाको ‘च च हुई’ ट्रेलर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: पछिल्लो समय लभ स्टोरी जनरका चलचित्रमा देखिदै आएका अभिनेता आर्यन सिग्देलको रम-कम जनरको चलचित्र ‘च च हुई’ को ट्रेलर सार्वजनिक गरिएको छ । सिल्की सिल्की बाल र जवानी बोलको दुइ गीत सार्वजनिक गरिसकेको टिमले ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरलाई चलचित्रको मुख्य पात्रहरु आर्यन सिग्देल , भोलाराज सापकोटा , मिरुना मगर , माओत्से गुरुङको वरपर घुमाइएको छ । दुइ बेकमिले युवाको जीवनमा एउटा किताबले ल्याउने उतारचढावलाई यसमा रमाइलो तरिकाले चित्रण गरिएको छ ।

जीवनको पिङ ‘च च हुई’ गरेर मच्चिन खोज्दा आउने अवस्थालाई चलचित्रमा देखाइएको छ । चलचित्रमा निर्देशन र सम्पादन साम्तेन भुटियाको रहेको छ । चलचित्रमा पुस्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ललगायतको अभिनय पनि रहेको छ । चलचित्र रम-कम अर्थात रोमान्टिक कमेडी जनरमा तयार भएको हो भने यसलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् ।

व्यवसायी घोले यसै चलचित्र मार्फत निर्माणमा आउँदैछन् । चलचित्रमा सुशन प्रजापतिको छायाँकन रहेको छ भने, पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । चलचित्रका गीतमा राजनराज शिवाकोटी र रोशन थापाको संगीत छ । चलचित्रमा निमा लामाको मेकअप , रेनिश फागोको कलर करेक्सन , श्री श्रेष्ठको द्वन्द , शिशिर खातीको कोरियोग्राफी , सुजिल कर्माचार्यको ब्याकग्राउण्ड स्कोर रहेको छ । चलचित्रलाई उपत्यकामा रिच इन्टरटेनमेन्टका करण श्रेष्ठ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ । चलचित्र मङ्सिर गते बाट प्रदर्शनमा आउने छ ।