‘आरुसी’ अस्ट्रेलियामा प्रिमियर हुँदै


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘आरुसी’ नेपाल बाहिरबाट प्रर्दशनीमा आउने भएको छ। चलचित्रको प्रिमियर अस्ट्रेलियामा हुदै छ । चलचित्र आज ९ नोभेम्बरको दिन अस्ट्रेलियाको Salisbury Hoyts Cinema . South Australia Adelaide सिनेमा घरमा हुने भएको हो ।

चलचित्र प्रिमियरका लागि चलचित्रका डेब्यु नायक ईशक राई अस्ट्रेलिया पुगिसकेका छन् । कोरियन लुक्सका नायक ईशक चलचित्रको प्रर्दशन अगावै सम्भावना देखिएका कलाकार बनेका छन् ।

चलचित्र ‘आरुसी’ इशकसँगै रमा लिम्बु, सुनिल थापा, सुरविर पण्डित, दमन रुपाखेती लगायतका कलाकारको अभिनय रहेको छ । बिकाश चौधरी र ताराप्रकाश लिम्बुको संगीत रहेको यस चलचित्रका लागि गीत निर्देशक उदय सुब्बाले नै लेखेका छन् ।

त्रिकोणात्मक प्रेमकथामा आधारित यस चलचित्रमा साहारा प्रधान, बिरु गुरुङ र केशवकुमार श्रेष्ठको संयुक्त लगानी रहेको छ । नृत्य निर्देशक दिनेश पाख्रिन र कमल राई रहेको छ ।