सर्यो ‘१२ सत्ताईस’को प्रदर्शन मिति


सेलिब्रेटी नेपाल

काठमाडौं: चलचित्र ‘१२सत्ताईस’ को प्रदर्शन मिति परिवर्तन भएको छv यस मंसिर २७ गते प्रदर्शनहुने भनिएको यो चलचित्र अब आउँदो माघ ३ गते प्रदर्शनहुने निर्माण कम्पनी ह्याप्पीप्लानेटफिल्मस्प्रालीले जनाएकोछ।

‘१२सत्ताईस’को प्रचार प्रसारको लागी समय कम भएको र चलचित्रलाई अन्तिम रुप दिन केही प्राबिधिक कामसमेत बाँकि रहेकोले प्रदर्शन मितिमा हेरफेर गर्नुपरेको निर्माणकम्पनीले जनाएको छ । लाइट कमेडी जनरामा निर्माण भएको यो चलचित्रको केहि दिन अघि सार्वजनिक ट्रेलरमा मिश्रितप्रतिक्रिया आइरहेका छन्।

चलचित्रमा पैसाकमाउनको लागि १२सत्ताइस गर्नेकथा देखाउँन खोजिएको छ। जोनयोञ्जनले निर्देशीत चलचित्रमा समिरश्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्राटथापा, अभोनराज, भीस्मजोशि, अस्मिताखनाल, बिना कार्की लगायत कलाकारको अभिनय रहेको छ।

चलचित्र रेणु राना, दिपक खातियोडा र रुपक थापाले निर्माण गरेका हुन् चलचित्रका लागीसहनिर्माताको रुपमा गौतम शाहको लगानी रहेकोछ।अनिश श्याङदेनले छायांकन गरेको चलचित्र कृष्णभण्डारीलेसम्पादनगरेकाछन्। चलचित्रको कथा निर्देशक जोनलेनै तयार पारेका हुन्।