‘आप्पा’को ‘साउने झरी’ बोलको गीत रिलिज


काठमाडौं । चलचित्र ‘आप्पा’मा समावेश ‘सावने झरी’ बोलको गीत सार्वजनिक गरिएको छ ।

उमेश उपमाको शब्द, अनमोल र सैकतको संगीत रहेको गीतमा विज्ञान बराईलीको स्वर छ ।

सार्वजनिक गीतमा भिडियोमा अभिनेता दयाहाङ राईको छोराप्रतिको प्रेम देखाईएको छ । चलचित्रमा दयाहाङ मुख्य भूमिकामा छन् ।

बाबु छोराको सम्बन्धको कथामा निर्माण भएको चलचित्रलाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । चलचित्रमा दयाहाङका साथमा सिद्धार्थ राज तामाङ, अल्लोना काबो लेप्चा, तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको मुख्य भूमिका छ । अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता माबो चेम्जोङ्ग हुन् । चलचित्रमा रुदेन सादा लेप्चाको लगानी छ ।

असारको १३ गतेबाट यो चलचित्र प्रदर्शनमा आउँदैछ ।