‘को बन्छ करोडपति’ अब नेपालमा पनि


सेलिब्रेटी नेपाल काठमाडौँ

टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’ को नेपाली संस्करण ‘को बन्छ करोडपति’ आगामी छठ पर्वपछि प्रसारण हुने भएको छ । उक्त कार्यक्रम लाइ बाग्मती र सकुन्तला पश्चात चलचित्रको पर्दामा नदेखिएका अभिनेता राजेश हमालले संचालन गर्ने छन् छन् । नोभेम्बरबाट एपीवान टिभीमा प्रशारण हुन लागेको ‘केविसी’ को नेपाली संस्करण ‘को बन्छ करोडपति ?’ सञ्चालन गर्न लागेका उनले ‘बागमती’ र ‘शकुन्तला’ को नतिजापछि आफू चलचित्र छनौटमा संयमित भएको बताएका छन् । कार्यक्रमको छ भागका लागि दर्ता प्रक्रिया पूरा भएर छनोट चरणमा पुगेको जनाइएको छ ।

‘को बन्छ करोडपति ?’ को बिहीवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले चलचित्रबाट केही समय टाढा रहनुको कारण खुलाए । ‘मलाई ‘बागमती’ र ‘सकुन्तला’ बाट निकै ठूलो आश थियो । दुई चलचित्रको नतिजापछि मैले चलचित्र छनौट गर्न हतार नगरेको अवश्य पनि हो ।’ आफूले निर्माण र निर्देशक गर्ने सिनेमाको धमाधम तयारी भइरहेको पनि उनले जानकारी दिए । उनले ‘को बन्छ करोडपति ?’ आफ्नो लागि चुनौतीपूर्ण रहेको बताए । ‘केविसी’ मा नेपाली फ्लेवर दिने प्रयास गर्नेछुु, उनले भने ।

सन् १९९८ मा डेभिड व्रिक्स, माइक ह्वाइटहिल र स्टेभन नाइटले सुरु गरेको ‘हु वान्ट्स टु बी मिलिनिअर्स’ को फ्रेन्चाइज संस्करणमा नेपाल १ सय ६१ औं देश हो। ‘केबीसी नेपाल’ कार्यक्रममा लाइफ लाइन, अडियन्स पोल, फिप्टी फिप्टी र फोन अ फ्रेन्ड अप्सन हुनेछन्।