कथा काठमाण्डू’ दोश्रो गीत सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

संचारकर्मी संगीता श्रेष्ठको निर्देशनमा बनेको चलचित्र ‘कथा काठमाण्डू’ को दोश्रो गीत सार्बजनिक गरिएको छ । सुगम पोखरेलको स्वरमा रहेको जुन अनि तारा बोलको गीत सार्बजनिक गरिएको हो । सार्बजनिक गीतमा चलचित्रका मुख्य पात्र सबैलाइ फिचर गरिएको छ । दिपेश सुब्बाको संगीत रहेको गीतमा इशान सुब्बाको शब्द रहेको छ ।

‘कथा काठमाण्डू’ ले तीन फरक कथा बोल्ने र तीनै कथाको एकअर्कासँग कनेक्सन रहेको निर्देशक बताउँछिन् । चलचित्रमा प्रियंका कार्की, प्रमोद अग्रहरी,आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीको मुख्य भूमिका रहेको छ । विजय राइको निर्माणमा तयार भएको यो चलचित्रमा लुजा सिंहको छायांकन रहेको छ । चलचित्र असोज १२ गतेबाट देशव्यापी प्रदर्शनमा आउने छ ।