कपिल र गिन्नीको बिबाह १२ डिसेम्बरमा


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

दीपिका-पादुकोण र रणवीर सिंह पश्चात कमेडियन कपिल शर्माले पनि बिबाहको मिति सार्बजनिक गरेका छन्। आईएएनस खबरको अनुसार कपिलले १२ डिसेम्बर गिन्नीको होमटाउन जालन्धरमा बिबाह गर्ने भएका हुन्। गिन्नी परिवारको एक्ली छोरी हुन् । कपिलका अनुसार कपिलकि आमा र गिन्नीकि आमा बिबाह भब्य रुपमा गर्न चाहन्छन ।रिसेप्शन १४ डिसेम्बरको दिन हुने पनि बताईएको छ ।

गिन्नी र कपिल एक अर्कालाई कलेज पड्दा देखि नै चिनजान थियो । कलेजको कार्यक्रम हरुमा दुबैले सहभागिता जनाउने गर्दथे । गिन्नी कपिल संगै पंजाबी कमेडी शो हंसबलिएमा देखिएकी थिइन् । त्यसै बेला देखि उनीहरुको अफेयर चलेको थियो । गिन्नीले कपिल संगको रिलेशनशिप को २०१३ मा अफिशियल गरेकी थिइन् ।