कंगना रनावत र आदित्य पञ्चोलीबीच कानूनी लडाईं


सेलिब्रेटी नेपाल काठमाडौँ एजेन्सीको सहयोग्गमा

बलिउड अभिनेत्री कंगना रनावत र अभिनेता आदित्य पञ्चोलीबीच कानूनी लडाईं शुरु भएको छ ।
अपमानजनक टिप्पणीका विषयमा यो लडाईं चलिरहेको हो । कंगनाले एक टीभी च्यानलमा अन्तर्वार्ता दिँदै आदित्य पञ्चोलीविरुद्ध केही आरोप लगाएकी थिइन् ।
त्यसपछि आदित्यले मानहानिको नोटिस पठाएका थिए । यसको जवाफ कंगनाका वकिल रिजवान सिद्दीकीले दिएका छन् ।

कंगनाले आदित्यसँगको आफ्नो सम्बन्ध र उनका कारण भोग्नुपरेको शारीरिक र मानसिक पीडाका बारेमा अन्तर्वार्तामा खुलासा गरेका थिए ।
सिद्दीकीले जवाफमा लेखे, ‘मेरो पक्षले आफूमाथि गरिएको अपराधका विषयमा सन् २००७ देखि नै विभिन्न सञ्चारमाध्यममा कुरा राख्दै आएकी छन् । उनले स्पष्ट रूपमा निजी जिन्दगीका बारेमा बोल्दै आएकी हुन् । कुनै पीडित महिलालाई मानहानिको मुद्दा हालेर उनको आवाज बन्द गराउने कोशिश गर्दा पुरुषलाई नै लाभ हुन्छ ।