कमल कृष्णको प्राण भन्दा चलचित्र प्यारो



सेलेब्रिटी नेपाल मंसिर २१-रावण र फुल स्टप को निर्देशन गरि सकेका कमल कृष्ण आफ्नै निर्माणमा चलचित्र प्राण भन्दा प्यारो को निर्देशन मा ब्यस्त छन् । उनले यो चलचित्र मार्फत आफ्नै भान्जा लाई नायक बनायका छन् । चलचित्र मा संगीत र कथा पनि कमल कै रहेको छ । चलचित्रमा अधिकांस नया अनुहार देखिने छन् बासु पुडासैनी ,अनमिका ,आशा खड्का ,सन्दीप बगाले, बिश्व राज ढकालका साथै कमल आफैं मुख्य भूमिकामा अभिनय गर्दै छन् । हाल काठमाडौँका विभिन्न स्थान मा छायांकन गरि रहेको सुटिंग युनिट अब यहि हप्ता दमौली प्रस्थान गर्ने कुरा कमल कृष्णले सेलेब्रिटी नेपाल लाई बताय । चलचित्रलाई मुकेश हुमागाईं ले खिचिरहेका छन् भने द्वन्द चन्द्र पन्त को रहेको छ। लव स्टोरी बेस मा बनि रहेको चलचित्र होलि को समयमा रिलिज गरिने निर्माण पक्षको योजना रहेको छ।