कालीप्रसादको तिलहरी यूट्युब ट्रेन्डिंग पहिलो स्थानमा


सेलिब्रेटी नेपाल काठमाडौं

गीतकार तथा कालिप्रसाद बासकोटा पुनः एक पटक नया“ गीतमार्फत स्रोता तथा दर्शकमाझ आएका छन् । यसपटक उनले तिलहरी…गीतमार्फत दर्शकलाई नया स्वाद पस्किएका छन् । नेपालमा यूट्युब ट्रेन्डिंग पहिलो स्थानमा रहन सफल यो गीतमा सिड्नीमा बसेर संगीतमा उच्च शिक्षा हासिल गरिरहेका मनिष ढकालको स्वर रहेको छ । यसले कम समयमै दर्शकको मन जितेको छ । यूट्युबमा सार्वजनिक भएको केही दिनमै एक लाख भन्दा बढि दर्शक पाएको यो भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् । दर्शकहरुको मन जितिसकेको ‘साइ“ली…’ गीतका श्रष्टा कालिप्रसादले ‘तिलहरी…’ गीतमार्फत पुनः आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन् । मर्मस्पर्शी शब्द, कर्णप्रिय संगीत तथा गीत अनुसारको स्वर छनोट गर्न सिपालु कालीप्रसादले युवा गायक मनिष ढकालको स्वरलाई आकर्षक शैलीमा प्रस्तुत गरेका छन् ।

तिलहरीको भिडियोमा निर्देशक निकेश खड्काले वैदेशिक रोजगारीको कथा समेटेका छन् । यो भिडियोमा विदेश जाने पक्का भएपछि उड्नुअघिको तीन दिनको कथालाई आकर्षक शैलीमा चित्रण गरिएको छ । अभिनेता कामेश्वर चौरसिया तथा रंगमञ्चकी अभिनेत्री लक्ष्मी वर्देवाले आकर्षक अभिनय गरेका छन् । गायक मनिष ढकालले यसअघि गाएको ‘परदेशी नभन’ गीत पनि लोकप्रिय भएको थियो । यूट्युबमा झन्डै नौ लाख पटक हेरिएको उक्त गीतमा पनि कालीप्रसादकै शब्द तथा संगीत थियो भने भिडियोको निर्देश्ँन निकेश खड्काले नै गरेका थिए ।