कलाकार संघको अध्यक्ष पदमा नवल बिजयी


सेलेब्रिटी नेपाल असोज २८ आइतबार नेपाल चलचित्र कलाकार संघको नयाँ कार्यसमितीको लागि शनिबार भएको निर्वाचनमा अध्यक्ष पदका लागि नवल खड्का बिजयी भएका छन् । उनले आफ्ना प्रतिष्पर्धी गिरीधारी बाँस्तोला (सबिन) लाई १७८ मतको अन्तरले हराए । मतदाता सदस्य ३८३ रहेकोमा जम्मा २७१ मत खसेको थियो जसमा नवलले जम्मा २२१ मत प्राप्त गरे भने सबिनले ४३ मत मात्र प्राप्त गरे । कलाकार संघमा यसअघि महासचिवको पद सम्हालेका नवलले अब तीन बर्षसम्म अध्यक्षको कार्यभार सम्हाल्ने छन् ।

यस्तै उपाध्यक्ष तर्फ तीन जनालाई पछि पार्दै लक्ष्मी गिरीले १४९ र राजाराम पौडेलले १२५ मत प्राप्त गरी क्रमश: प्रथम र द्धितिय उपाध्यक्ष पदमा बिजयी भएका छन् भने महासचिव पदमा घनश्याम खतिवडालाई भारी मत अन्तरले हराउँदै रामकेशर बोगटी बिजयी भएका छन् । रामकेशरले १५७ मत प्राप्त गरे भने घनश्यामले जम्मा ९४ मत प्राप्त गरे । यता सचिव पदमा राजकुमार शाहलाई हराउँदै उत्तम केसी बिजयी भएका छन् । उत्तमले १६१ मत प्राप्त गरे भने राजकुमारले जम्मा ८८ मत प्राप्त गरे ।
सदस्य पदका लागि २० जना बिच भएको प्रतिष्पर्धामा सुमिना घिमिरे, शंकर बिसी, सरोज केसी, मनोज श्रेष्ठ सुष्मिता कार्की, श्रीराम पुडासैनी, पुजना स्त्री, प्रदीप सिंह, बिजय देउजा र सुशिल पोखरेल बिजयी भएका छन् । यता कोषाध्यक्ष र सह-कोषाध्यक्ष पदमा क्रमश आकाश खवास र निशा अधिकारी केहि दिन अगाडी नै निर्बिरोध निर्वाचित भईसकेका छन् ।