‘ज्योमो गाङ फिल्म अवार्ड’ नोमिनेसन सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: थाईल्याण्ड विश्वको एक पर्यटकीय गन्तब्य हो र त्यस देशमा नेपालीहरु उल्लेख्य संख्यामा बसोवास गर्दै आईरहेको हुँदा, थाईल्याण्डको नागरिक र त्यहाँ बसोवास गर्ने नेपाली साथै थाईल्याण्डमा आउने अन्य बिदेशीहरुलाई लक्षित गर्दै थाईल्याण्डमा नेपाली चलचित्रको प्रबर्धन, बिस्तार , साँस्कृतिक आदान प्रदान र नेपालको पर्यटन बर्ष २०२० लाई सफल बनाउदै समृद्ध नेपाल निर्माण गर्न टेवा पुर्याउने ध्येयका साथ आदिवासी जनजाति चलचित्र महासंघको सहकार्यमा हुकुम मल्टिमिडिया प्रा.ली. ले नेपालमा आदिवासी जनजाति मातृभाषी चलचित्र निर्माण गरिरहेका आदिवासी जनजाति मातृभाषी चलचित्रको प्रबर्धन र बजारीकरणको खोजी साथै चलचित्रकर्मीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले थाईल्याण्डको पटैयामा प्रथम ‘ज्योमो गाङ फिल्म अवार्ड कार्यक्रम २०७६’ (२०१९) आयोजना गर्न लागेको छ । राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै अवार्डमा नोमिनेसनमा परेका कलाकारहरु लाइ प्रमाणपत्र वितरण गर्ने कार्यक्रम सम्पन्न गरिएको छ ।

आदिवासी जनजाति चलचित्रकर्मीहरुले स्वतः स्फुर्त रुपमा लोप हुन लागेका भाषा, कला, संस्कृति, धर्म, परम्परागत ज्ञान सिपहरुको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन गर्ने उदेश्यले चलचित्र निर्माण गरिरहेका छन् । तर त्यसको बजारीकरण र प्रवद्र्धन हुन नसकेको अवस्थामा हुुकुम मल्टिमिडिया प्रा.ली. ले थाईल्याण्डको पटैयामा यहि मिति २०७६ मंसिर १९ गते, १ दिने ‘ज्योमो गाङ फिल्म अवार्ड २०७६’ कार्यक्रम गरी आम नेपाली र थाईल्याण्डको नागरिकमा नेपालमा निर्माण हुने सबै चलचित्रहरुको प्रबर्धन र बजारीकरण गर्दै, साँस्कृतिक, भाषीक र आफनत्वको संन्देश प्रबाह गर्दै नेपालको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै साथै नेपाली चलचित्रको निर्माण, बितरण, प्रदर्शन, र नेपाल र थाईल्याण्डको संस्कृतिक आदन प्रदान सम्बन्धि एक दिने अन्तरक्रिया गोष्ठी कार्यक्रम समेत सञ्चालन गर्दै “ज्योमो गाङ फिल्म अवार्ड–२०७६” कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

नेपालको आदिवासी जनजाति मातृभाषी चलचित्रकर्मीहरु, खस भाषी चलचित्रकर्मीहरु, चलचित्र सम्बन्धि सरोकारवाला निकाएका प्रतिनिधीहरु, साथै यस क्षेत्रमा योगदान पुर्याउने ब्यक्तित्वहरु र थाईल्याण्डमा बसोवास गर्ने सम्पुर्ण नेपाली मुलका नागरिकहरुलाई एकै थलोमा भेला गरि एक आपसमा भाईचारा कायम गर्दै आगामी दिनहरुमा नेपाली चलचित्र निर्माण तथा प्रर्दशन गर्नको लागी सहकार्य गर्दै एक आपासको सम्बन्धहरुलाई प्रगाढ बनाउ“दै बिभिन्न १७ वटा विधाहरुमा अवार्ड प्रदान गर्दै कार्यक्रम गरिनेछ । यस अवार्ड कार्यक्रममा चलचित्र विकास बोर्डको सहकार्य रहनेछ ।