पत्रकार सुबेदी र गिरीलाई ‘पत्रकारिता पुरस्कार -२०२०’


काठमाडौं । तुलसी मिडियाले गर्न लागेको नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१ को मिति सार्वजनीक भएको छ । आयोजक संस्थाका अध्यक्ष तथा अवार्ड संयोजक नवराज भण्डारीले अवार्ड समारोह असोज १८ गते चन्द्रागिरीमा हुने जानकारी दिएका छन । अवार्ड नेपालको शान, संगीतको पहिचान भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको हो ।

सोही समारोहमा नगद राशी सहित दुई जना पत्रकार सम्मानित हुने भएका छन्। करिब दुई दशक लामो समयदेखि रंग पत्रकारितामा सक्रीय पत्रकार लक्ष्मण सुबेदी र पत्रकार कुबेर गिरीलाई ‘पत्रकारिता पुरस्कार -२०२०’ बाट सम्मानित गरिने जानकारी आयोजकले दिएको छ।

अवार्डको ३६ वटा विधाको उत्कृस्ट पाँच मनोनयन लक डाउन अघि नै सार्वजनिक गरिएको थियो । नेपाली गीत संगीतलाई प्रवर्धन गर्दै नेपाली सांगीतिक क्षेत्रको चलायमान र क्रियाशिलतालाई यस अवार्डले अझ बढाउने आयोजक संस्थाको बिस्वास छ । अवार्ड समारोहमा गीतसंगीत, चलचित्रलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहने बताइएको छ ।