हलिउड प्रोजेक्टमा जनकदीप, हलिउड सुपर मोडल जुली लाइ एक्सन कट गर्दै


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाल बिदेसी हरुको लागि उत्कृस्ट छायांकन स्थल बन्न थालेको छ आज भोलि थुप्रै हलिउड तथा बलिउड टिम हरु नेपालमा छायांकनको लागि आइ रहेका हुन्छन । हलिउडको टेक्निकल टिम द्वारा हलिउड प्रोजेक्ट एक्सा को छायांकन सम्पन्न भएको छ। नेपालको तर्फ बाट क्रियटिभ डाइरेक्टर जनक दीप पराजुली रहेका थिय ।

नेपाली प्रोजेक्टमा भन्दा पनि जनक दीप बलिउड तथा हलिउड प्रोजेक्टमा बढी व्यस्त बन्न थालेका छन् । यस हलिउड प्रोजेक्ट लाइ मुम्बईका लाइन प्रोडुसर राजेन्द्र घिमिरेले प्रोडक्सन डिजाइन गरेका हुन् । छायांकनका लागि मुख्य प्राबिधिक हलिउड बाट आएका थिए भने केहि जुनियर प्राबिधिक नेपालका पनि रहेका थिय । यो प्रोजेक्टका लागि जनकदीप एक महिना देखिको कार्य योजनामा ब्यस्त बनेका थिए ।

यस प्रोजेक्टमा एक बिदेशी नागरिक नेपालमा भोलिएण्टयर गर्दै गरेका हुन्छन त्यसै समयमा भुकम्प आउछ र उनि घाइते हुन्छन उपचारको लागि आफ्नो देश फर्कन्छन र पछि फेरी भुकम्प पश्चात नेपालीहरु दुखको समयमा पनि आफ्नो खुसि कसरि साटी रहेका छन् भन्ने बिसय बस्तुलाइ अध्ययन गर्न उनि फेरी नेपाल आउछिन ।

यसमा समाबेश हुने भूकम्पका दृश्यहरु ब्यांककमा सेट लगाएर खिचिने जनकदीपले सेलिब्रेटी नेपाल लाइ जानकारी गराए केहि दृश्य हरु एनिमेसन गरेर पनि राखिने छ । यसको बाँकि छायांकन फ्रान्स र बैंककमा गरिने छ यस प्रोजेक्टमा हलिउडका सुपर मोडल जुली र काठमाडौँ क्षेत्रपाटिमा रहेको भक्त विद्याश्रमका बिद्यार्थी चित्र फुंयालको मुख्य अभिनय रहेको छ ।