चर्चित गायिका रीता ओरा अब नायिका



हलिउडकी चर्चित गायिका रीता ओरा पनि अभिनयमा आउने भएकी छन् । सांगीतिक क्षेत्रमा ‘आरआईपी’जस्ता हिट एल्बम दिएर चर्चाको शिखरमा पुग्न सफल यी गायिकाले निर्माणाधीन चलचित्र ‘फास्ट एन्ड फ्युरिअस सिक्स’मार्फत अभिनय करियर सुरु गर्न लागेकी हुन् ।
‘आर एन्ड बि’की स्टार रिहानाले यसअगाडि निभाएकी भूमिका अहिले ओराले गर्न लागेकी हलिउड अनलाई पत्रिका सन्ले जनाएको छ । ‘जबसम्म मैले चलचित्र ‘द फास्ट एन्ड द फ्युरिअस’ हेरेको थिइन तबसम्म मलाई अभिनयमा कुनै रुचि थिएन’ ओराले भनिन् । त्यो चलचित्र हेरेपछि मलाई अभिनयमा मोह पलाएको छ । उनले आफ्नै सहभागी रहने यो पहिलो चलचित्र भएको समेत खुलाइन् । हलिउडका महत्त्वपूर्ण चलचित्रमध्ये यो चलचित्र पनि एक भएकोले अभिनयका लागि आफू उत्साहित भएको ओराले बताएकी छन् ।