‘रणवीर’ को पहिलो गीत सार्वजनिक शुभेच्छा र सुपुस्पा संग सुशीलको रोमान्स


सेलिब्रेटी नेपाल

काठमाडौँ:चलचित्र ‘रणवीर’ को पहिलो गीत सार्वजनिक गरिएको छ । शनिवार राजधानीमा एक पत्रकार भेटघाटको आयोजना गर्दै चलचित्रमा समावेश ‘तिरिमिरी तिरिमिरी तिन तारा’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा राजन राज शिवाकोटी र अन्जु पन्तको स्वर रहेको छ भने यसमा शब्द र संगीत स्वयम् राजनले नै दिएका छन् ।

केहि दिन अगाडी नक्सालको बालमन्दिरमा भव्य सेट लगाएर छायाँकन गरिएको गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । गीतमा चलचित्रका तिन मुख्य कलाकार सुशील सिटौला र डेब्यु गर्ल शुभेच्छा खड्का र सुपुस्पा भट्ट नेपाली पहिरनमा देखिएका छन् । निर्माण पक्षको अनुसार यस गीतको छायाँकन झन्डै ४ दिन लागेर गरिएको हो भने एक सय पचास भन्दा बढी कोरस प्रयोग गरिएको गीतमा २५ लाख लागत रहेको निर्माण पक्षले बताएको छ ।

लभ स्टोरी जनराको चलचित्रमा सुशील, सुभेच्छा र सुपुस्पासँगै प्रशान्त ताम्राकार , रवि गिरी, हरिहर शर्मा, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । चलचित्रमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ । गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीको निर्माणमा बनेको चलचित्र माघ१८ गतेबाट सार्बजनिक प्रदर्शनमा आउनेछ ।