लियोनार्दो दा भिन्ची बन्दै लियोनार्डो डि क्याप्रियो



‘द रेभनान्ट’ फिल्मबाट ओस्कर जितेका लियोनार्डो डि क्याप्रियो इटालीका महान कलाकार लियोनार्दो दा भिन्चीको बायोपिकमा देखिने भएका छन्। वाल्टर इजाक्सनको पुस्तक ‘लियोनार्दो दा भिन्ची’ मा आधारित रहेको फिल्ममा डि क्याप्रियो देखिन लागेका हुन्। ‘एप्पियन वे’ को ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई डि क्याप्रियो स्वयम र जेनिफर डेभिसनले निर्माण गर्न लागेका हुन्। भिन्चीको जीवनमा आधारित फिल्म

दा भिन्ची इटालिका प्रख्यात चित्रकार हुन्। उनका ‘मोनालिसा’ र ‘द लास्ट सपर’ जस्ता चित्र प्रख्यात छन्। डि क्याप्रियोकी आमा दा भिन्चीकै चित्र हेर्दै संग्राहलय घुमिरहेको बेला उनले पहिले पटक आमाको पेटमा लात्ती हानेको हुँदा उनको नाम लियोनार्डो राखिएको बताइएको छ। डि क्याप्रियो दा भिन्चीको भूमिका निभाउन उत्साहित छन्।