ज्याकी चानलाई मानार्थ ओस्कार अर्वाड


jackky-chan
एक्सन स्टार ज्याकी चान मानार्थ ओस्कार अर्वाडबाट सम्मानित हुने भएका छन् । अकाडेमी अफ मोसन एण्ड साइन्सले फिल्म क्षेत्रमा असाधरण सफलता हात पारेका चानलाई मानर्थ ओस्कारले सम्मान गर्न लागेको हो ।

६२ वर्षीय चानले हङकङमा निर्माण भएको पुलिस स्टोरी, आरमोर अफ गड लगायत दर्जनौं मार्सल आर्ट फिल्ममा अभिनय गरेका छन् । कम्फु पाण्डा, रम्बल इन द ब्रोङ्क्स, रस आवर फ्रेन्चाइस लगायत फिल्मबाट चानले अन्तराष्ट्रिय ख्याति कमाएका थिए ।

चार दशक फिल्म क्षेत्रमा बिताएका चान दर्शकलाई निरन्तर मनोरञ्जन प्रदान गर्न सफल रहेको अकाडेमीले जनाएको छ । अकाडेमीले आगामी नोभेम्बर १२ मा चानलाई मानर्थ ओस्कारबाट सम्मान गर्ने कार्यक्रम रहेको छ ।