हलिउडमा चम्किएकी नेपालकी छोरी अमृता


सेलिब्रेटी नेपाल काठमाडौँ
अमेरिकी टेलिभिजन श्रृँखला गेम अफ थ्रोनका बारेमा धेरै नेपालीले पनि सुनेको र त्यसको पहुँचमा हुनेले हेरेको पनि हुनु पर्छ । यो अमेरिकाको फ्यान्टासी ड्रामा मध्ये सफल श्रृँखलामा पर्छ । अहिले यसको छैटौं सिजन चलिरहेको छ । विश्वभरका दर्शकले यो सिजनलाई थप रुचाएका छन् । यो अमेरिकी श्रृँखलामा नेपाली मुलकी एक कलाकारले पनि अभिनय गरेकी छन् भन्ने चाहिँ धेरैलाई थाहा नहुन सक्छ । नेपाली मुलकी कलाकार अमृता आचार्यले गेम अफ थ्रोनमा अभिनय गरेकी छिन् । उनले गेम अफ थ्रोनको पहिलो र दोस्रो सिजनका १३ श्रृँखलामा इरीको भूमिकामा अभिनय गरेकी थिइन् ।
amrita acharya
२५ वर्षकी अमृता नेपाल, युक्रेन र इंग्ल्याण्डमा हुर्किएकी हुन् । उनी अहिले नर्वेमा छिन् । नेपाली बाबु र युक्रेनी आमाकी छोरी अमृताको जन्म काठमाडौंमा भएको हो । उनी ६ वर्षकी हुँदा परिवारसहित बेलायत गएकी थिइन् भने १३ वर्षको हुँदा उनको परिवार फेरि नर्वेमा बसाइँ सरेको थियो । नर्वेको युनिभर्सिटी अफ ट्रोम्सोमा उनका बुवा डा. गणेश आचार्य प्राध्यापक थिए । अमृता नेपाली, युक्रेनी, रसियन, अंग्रेजी, नर्वेजियन र डोथर्की भाषामा पोख्त छिन् ।

१९ वर्षको उमेरमा नर्वेमा उच्च शिक्षा पूरा गरेपछि उनी कलाकारितामा आफ्नो भविष्य खोज्दै बेलायत पुगेकी थिइन् । गेम अफ थ्रोन्सबाहेक उनले धेरै फिचर फिल्म, सर्ट फिल्म तथा टिभी सिरियलमा पनि काम गरिसकेकी छिन् । सन् २०१३ मा प्रदर्शित नर्वेली चलचित्र आइ एम योर्स, डेड स्नो टुः रेड भर्सेज डेड, द डेभिल्स डबल उनी अभिनित केहि चलचित्र हुन् । उनले कामोफ्गे, अमर अकबर एण्ड टोनी, वेलकम टु क्युरिओसिटी, जेनिसिस, एराइभल्स एण्ड वार अन टेरामा पनि अभिनय गरेकी छन् ।

यस्तै किस द डेभिल इन द डार्क, क्विन्स मिले, इन कम्पनी आफ उल्फस जस्ता छोटा चलचित्र र क्यजुल्टी, डाक्टरस, पेन एण्ड पेपर तथा लासेर गन्स जस्ता टिभी सिरियलमा पनि उनले काम गरेकी छिन् । गएकाे वर्षकाे भूकम्पमा परेका परिवारलाइ सहयाेग गर्न उनी विभिन्न कार्यक्रम सहभागी पनि भइरहेकी छिन् । अहिले विद्यालय निर्माणकाे लागि उनी लण्डन म्याराथुनमा सहभागी भएकी छिन् ।

उज्यालोबाट साभार