कपीराइट विवाद: चर्चित गायिका कैटी पेरीलाइ १६ करोड जरिवाना हुने


सेलिब्रेटी नेपाल

एजेन्सी: तीन बर्ष पुरानो एक फोटो शेयर गरेको कारण हलिउड चर्चित गायिका कैटी पेरी समस्यामा परेकी छन्। सन् २०१६ मा भएको एक समारोहमा कैटी हिलेरी क्लिंटनको जस्तै ड्रेसअपमा पुगेकी थिइन्। जुन फोटोको शेयर गरेको कारण कैटीलाइ कपीराइट उल्लंघन मा १.५ लाख डलर(नेपाली १६ करोड भन्दा बढी) जरिवाना हुने भएको छ। फोटोको लागि सेलेब्रिटी न्यूज एजेन्सी बैकग्रिडले यूएस डिस्ट्रिक्ट कोर्ट क्यालिफोर्नियामा मुद्दा दायर गरेको हो। कैटी पेरीको इन्स्टाग्राममा ८६.३ मिलियन फलोवर्स छन्।

न्यूज एजेन्सी बैकग्रिडले कैटीले निजी पेजमा एजेन्सीको कपीराइट रहेको तस्वीर पोस्ट गरेर अमेरिकाको संघीय कानूनको उल्लंघन गरेको दावी गरेको छ । एजेन्सीका अनुसार उनले उक्त तस्बिर प्रयोग गर्दा पहिले एजेन्सीसंग अनुमतिका साथै उक्त फोटोको लागि लाग्ने शुल्क भुक्तानी पनि गर्नुपर्ने थियो त्यसो नगरेको कारण उनलाई केस गरिएको हो।