युट्युवमा भाइरल भयो ‘बाहुबली टु’ को ट्रेलर, घण्टामै १४ लाखले हेरे


सेलिब्रेटी नेपाल काठमाडौँ
Bahubali-2a
सन् २०१५ को चलचित्र ‘बाहुबली’ को सीक्वल ‘बाहुबली टु’ को ट्रेलर युट्युवमा भाइरल भएको छ । चलचित्र अपलोड गरेको घण्टा भरमै १४ लाख बढि दर्शकले हेरेका छन‍् । ‘बाहुबली टु’ को ट्रेलर ट्रेलर बिहिबार यू ट्यूबमा धर्मा प्रोडक्शनले सार्वजनिक गरेको हो । हामिले समाचार तयार पार्दा सम्ममा चलचित्रको ट्रेलर १४ लाख ६२ हजारले हेरेका छन् ।

हालै रिलिज गरिएको चलचित्रको टीजर बताइएको छ । जसमा बाहुबलीलाई रगतमा लतपतिएको देखाइएको छ । बाहुबली- द बिगेनिङ पछि चलचित्रको सिक्वेलको प्रतिक्षामा दर्शकहरु रहेका थिए ।

निर्देशक एसएस राजामौली निर्देशित चलचित्र बाहुबली- द कनक्लुजन अप्रिल २८ मा रिलिज हुदैछ ।

चलचित्रको दोस्रो भागमा पनि पुरानै कलाकारहरु रहेका छन् ।चलचित्रमा प्रभास, राणा डग्गूबाती, तमन्ना भाटिया, अनुष्का शेट्टी, सत्यराज र राम्या कृष्णन मुख्य भुमिकामा रहेका छन् ।