‘हिरोज’ को कुनै पलमा सन्जोग र पुर्णिमा रोमान्टिक अबतारमा (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘हिरोज’ को नयाँ गीत सार्वजनीक गरिएको छ । पूर्णीमा लामाको निर्माण अनि एन.बि. महर्जनको निर्देशनमा बनेको हिरोजको कुनै पल…बोलको गीत यु ट्युब मार्फत सार्बजनिक गरिएको हो । चैत्र २३ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको सार्बजनिक गीतमा टंक बुढाथोकिको संगीत रहेको छ भने गीतमा स्वर टंक र प्राश्ना शाक्यको रहेको छ चलचित्रमा बेरोजगारीको पीडा, मानव बेचबिखन, समाजीक भेदभाव र न्यायको लागि गरिने संघर्षको कथा समाबेश गरिएको छ ।

‘हिरोज’ मा करिश्मा मान्नधर, जयकिसन बस्नेत, पूर्णीमा लामा, संजोग राणाका साथमा कमली वाइवा,मुकेश ढकाल, दिलकृष्ण श्रेष्ठ,सहिन प्रजापति,दिनेश डिसी लगायतले अभिनय गरेका छन् । शंकर महर्जनको द्धन्द्ध निर्देशन रहेकोचलचित्र शिब ढकाल र रामशरण उप्रेतीले खिचेका हुन् । जय लक्ष्मी फिल्मस्को ब्यानरमा निर्मित ‘हिरोज’ को प्रस्तुतकर्ता लक्ष्मी लामा हुन् । चलचित्रको निर्मातामा युवराज लामा, शेखर लामा र संजोग राणा रहेका छन् । चलचित्रमा कबिराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी रहेको छ ।