हरिवंशले गरे अटिज्म भएकाहरुकाे लागि बनेको विद्यालयको उद्घाटन



काठमाडौँ। हाँस्य कलाकार हरिवंस आचार्यले आफ्नो ६३ औं जन्मोत्सव फरक किसिमले मनाएका छन् । उनले अटिज्म रोग लागेका व्यक्तिहरुलाई पुनर्स्थापना गर्नका लागि बनेको नेपालकै पहिलो भवन उद्घाटन गरि हस्तान्तरण गरेर आफ्नो जन्मदिन मनाए ।

सिंगापुर रेडक्रस सिंगापुरको सहयोगमा ‘प्रारम्भ’ सामाजिक संस्था ललितपुरद्वारा निर्मित विशेष स्कुल तथा पुर्नस्थापना केन्द्र काठमाडौंद्वारा संचालित प्रारम्भ एसएसडिआरसी स्कुलको नव निर्मित भवनक समुद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

हांस्य कलाकार हरिवंश आचार्य, आनी छोईङ डोल्मा, सिंगापुर रेडक्रसका तर्फबाट नेपाल प्रतिनिधि कल्पना क्षेत्रि,प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रीराज तिमल्सिनाले संयुक्त रुपमा विशेष स्कुल तथा पुर्नस्थापना केन्द्र काठमाडौं तथा प्रारम्भ-एसएसडिआरसी स्कुलका अध्यक्ष सबिता उप्रेतीलाई नवनिर्मित भवन हस्तान्तरण गरिएको हो ।

अटिज्म शारीरिक एवं मानसिक रुपमा बिसेष र फरक क्षमताको प्रभाव देखिने एक भिन्नै प्रकारको रोग हो। भक्तपुर चांगुनारायण नगरपालिका वार्ड न ९ स्थित याकडोलमा बनेको नवनिर्मित पक्कि भवनमा ६ वटा कक्षा कोठा तथा २ वटा वाथरुम रहेका छन् । कुल ९३ लाख रुपैया लागतमा भवन निर्माण सम्पन्न भएको प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रिराज तिमल्सिनाले जानकारि दिए ।

भाडामा घर लिएर सेवा तथा अध्ययन अध्यापन गरांदै आएकोमा अबका दिनबाट आफ्नै भवनबाट सेवा प्रदान गर्नसक्ने वातावरण बनाईदिएकोमा संस्थाकि अध्यक्ष सबिता उप्रेतीले प्रारम्भ तथा सिंगापुर रेडक्रसलाइ धन्यवाद व्यक्त गरिन । उनका अनुसार हाल ४५ जना अटिज्म भएका व्यक्तिहरुले संस्था बाट प्रत्यक्ष सेवा पाईरहेका छन् भने हालसम्म २ सय ८० जना व्यक्ति पुर्नस्थापित गर्न सफल भैसकेका छन् ।