हाँस्य कलाकार हरिवंश आचार्यले ल्याए मार्मिक गीत


सेलिब्रेटी नेपाल
काठमाडौँ ।
वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यले मार्मीक गीतको भिडियो सार्वजनिक गरेका छन् ।

तीज सकिए लगत्तै हरिवंशले जीवनभोगाईको यर्थाथ बताउने ‘जे भनेनी हुन्छ’बोलको गीत सार्वजनिक गरेका हुन् । गीतमा अरुप्रति चियोचर्चा गर्ने प्रवृत्तिलाई ब्यङग्य गरिएको छ ।
यो गीतको सर्जक आचार्य स्वयम्‌ हुन् । गीतमा उनकै शब्द, लयसंगै स्वर रहेको छ । जीवित जल्मीले संगीत संयोजन गरेका छन् । भिडियोमा हरिवंश नै देखिएका छन् । हरिशरण सायमी रेकर्डिस्ट हुन् र उनलाई मादलमा जीवित जाल्मीले, बासुरीमा रबिन्द्र महर्जनले, गितारमा अन्ताज नकर्मीले र सारंगीमा हेमन्त कान्छा रसाइलीले साथ दिएका छन् ।

हरिवंश आचार्यको गीतलाई सुदन केसीले निर्देशन गरेका छन् । दीर्घ गुरुङको छायाँकन रहेको भिडियोलाई जिवन थापाले सम्पादन गरेका छन् । मह संचारले प्रस्तुत गरेको यो म्युजिक भिडियो महसंचारकै युट्युब मार्फत हालै सार्वजनिक गरिएको हो ।