‘ह्याप्पी न्यु ईयर’ पहिलो रोमान्टिक गीत सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

अस्ट्रेलियामा छायांकन गरिएको चलचित्र ‘ह्याप्पी न्यु ईयर’को पहिलो रोमान्टिक गीत सार्बजनिक गरिएको छ आज आइतबार राजधानीमा औपचारिक कार्यक्रमको आयोजना गर्दै चलचित्रको शिर्ष गीत सार्बजनिक गरिएको हो । सार्बजनिक गीतमा चलचित्रका नायक कुशल थापा र सन्ध्या केसी फिचरिङ छन् । विनोद ढकालको शब्द तथा संगीतमा तयार भएको गीतमा नवराज बस्नेतको स्वर रहेको छ । देवकुमार श्रेष्ठ निर्देशित चलचित्र पुष १४ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।

लभस्टोरी कथामा निर्मित चलचित्र लाइ रती थापाले निर्माण गरेकी हुन् चलचित्रमा कुशल थापा,सन्ध्या केसी,पुकार गौतम, इश्वर थापा, पदम शाक्य लगायतका कलाकारको मुख्य अभिनय रहेको छ ।