‘गुनगुन’ आइटम गीतमा चन्दाले मर्काइन कम्मर (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

कलाकार पुकार भट्टराईले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘गुनगुन’को आइटम गीत सार्बजनिक गरिएको छ सार्वजनिक ‘काज्जु किसमिस’ बोलको आइटम गीतमा चन्दा दाहालले कम्मर मर्काएकि छन् । कमल पौडेलको शब्द,महाराज थापाको संगीत रहेको गीतमा सुनिता कार्कीको स्वर रहेको छ । गीतको भिडियोमा रामजी लामीछानेले कोरियोग्राफी गरेका छन्।

प्राथना फिल्म्सको प्रस्तुतीमा निर्माण भएको चलचित्रलाई पुकार भट्टराईले निर्देशन गरेका हुन् । चलचित्रमा संचिता लुइँटेल , रविन्द्र प्रताप सेन , सुवास मेचे , नविन श्रेष्ठ , गणेश जिसी , देशभक्त खनाल , अनु भण्डारी , सुमेश श्रेष्ठ , राधा दाहाल , भिम मैनाली , बाल्दिप राई , विपिन प्रसाई र स्वयम् निर्देशक भट्टराईको अभिनय रहेको छ । चलचित्रमा हिमाल केसीको द्धन्द्व , अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन रहेको छ । चलचित्र कार्तिक ३० गतेबाट सार्बजनिक प्रदर्शनमा आउने छ ।