‘फोकस फेशन हाउस’ मोडलिङ एजेन्सी सञ्चालनमा



काठमाडौंँ । नयाँ वर्ष २०७८ को अवसर पारेर नयाँ बानेश्वरमा ‘फोकस फेशन हाउस’ मोडलिङ एजेन्सी सञ्चालनमा आएको छ । फेशन हाउसको मोडल दीपक घिमिरे, पत्रकार विदुर गिरी र सागरीका श्रेष्ठले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका थिए ।

कार्यक्रममा अतिथिहरुले केक काटेर फेशन हाउसको लागि शुभ कामना व्यक्त गरेका थिए । फेशन हाउसमार्फत विभिन्न खालका इभेन्ट र ब्युटी प्याजेन्टको अलवा विज्ञापन तथा वेव सीरीज, म्युजिक भिडियो निर्माण, मोडलिङ फोटो शुटलगायतका कार्य गर्दै नयाँ मोडललाई ग्ल्यामर क्षेत्रमा भित्र्याउन सहयोग गर्ने फेशन हाउसका सञ्चालक आदर्श शर्माले बताए ।

आदर्शले रक्की महर्जन, एलिना क्षेत्री, सिर्जना गुरुङलगायत आफ्ना अनुभवी साथीहरुको टिममा साथ फेशन हाउस सञ्चालनमा ल्याएका हुन् । ‘हाम्रो सोच भनेको आगामी दिनमा यो क्षेत्रमा राम्रा राम्रा ईभेन्ट तथा प्याजेन्ट आयोजना गर्नु हो। आगामी दिनमा फेशन आउसमार्फत मिस नेपाल लेभलको इभेन्टमा अर्गनाईज गर्ने सोच छ’, उनले भने ।

पत्रकार विदुर गिरीले कोरोना संक्रमणबाट हुने कोभिड–१९लाई ध्यानमा राखी अहिलेको समयमा विश्व मनोरञ्जन जगतले अगाडि बढाएको अवधारणालाई पछ्याउँदै प्रविधिको सदुपयोग गरेर मोडलिङ क्षेत्रलाई अगाडि बढाउनु फेसन हाउसलाई सुझाव दिए ।