पहिलो भनेको पहिलो नै हुन्छ सायद २ दोस्रो भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाली चलचित्र हरुको पनि सिक्वेल बनाउने लहर नै चलेको छ भन्दा फरक पर्दैन करिब करिब ८ बर्ष पहिले बनेको चलचित्र सायदको को नाममा पनि सायद २ बनेको छ   दुर्गिश फिल्म्सको प्रस्तुति तथा पुष्पराज टि न्यौपानेको निर्देशनमा बनेको चलचित्र सायद २ को दोस्रो गीत पहिलो प्रेम युटुबमा सार्बजनिक भएको छ। गीतमा स्वर ,सँगीत तथा शब्द सुगम पोखरेलको रहेको छ भने कोरियोग्राफ  बिक्रमले गरेका छन् । यस  चलचित्रमा सुशिल श्रेष्ठ, स्यारोन श्रेष्ठ,अमृत ढुङ्गाना, कुशल पाण्डे, सुनिल रावल,सुशिल सिटौला, निशा कार्की, रुबिना श्रेष्ठ र बुद्धिलाल मगरको मुख्य अभिनय रहेको छ । चलचित्र असार ३० गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।