चलचित्र बनाउन पुग्ने खर्च एउटा गीति एल्बममा


(सेलेब्रेटी नेपाल) ५ चैत्र-गयको वर्ष नयाँ गायक हरुको लिस्टमा आफुलाई पहिलो नम्बरमा राख्न सफल गायक प्रह्लाद तिमल्सिना स्वीकार गर्छन् कि एउटा चलचित्र बनाउन पुग्ने खर्च उनले आफूलाई गायक स्थापित गराउन गरे । पोहोर साल उनले निकालेको एकल एल्बममा रहेका सबै गीतको म्युजिक भिडियो बनाए। भूषण दाहाल, आलोक नेम्वाङ, सुरजसिंह ठकुरी, सहेन्द्र श्रेष्ठ, सुव्रत आचार्य, अर्जुन अधिकारीजस्ता म्युजिक भिडियो मेकरहरू सबैको भागमा एक-दुईवटा गीत पुर्‍याइदिए। दिलीप रायमाझी, जीवन लुईंटेल, आर्यन सिग्देल, नीरज बराल, नीता ढुंगाना, सिम्पल खनाल, केकी अधिकारी, रीमा विश्वकर्मा, नम्रता श्रेष्ठजस्ता फिल्मका हिरो-हिरोइनहरूलाई म्युजिक भिडियोमा खेलाए। एल्बमका केही गीत हिट भएपछि उनले एल्बम महकमा रहेका सबै गीतको डीभीडी निकाल्दै छन्। प्रह्लादले यत्रो खर्च कसरी उठाउलान् ?