चलचित्र लाल्टिनको ‘व्हिस्की’ यस्तो छ भिडियो


सेलिब्रेटी नेपाल काठमाडौँ

जेष्ठ २६ गते प्रर्दशन हुने चलचित्र ‘लाल्टिन’ टिम यति बेला प्रचारप्रसारको क्रममा रहेको छ । यहि क्रममा चलचित्रको ‘व्हिस्की’ बोलको गीत सार्बजनिक गरिएको छ । सार्बजनिक गीतमा बिनोद ढकाल, सोमीया बराइली र किरण माइकलको आवाज रहेको छ । गीतमा शब्द/संगीत पनि बिनोद ढकाल र किरण माइकल कै रहेको छ । उक्त गीतमा कलाकार निर्जन थापा र प्रियंका कार्कीलाई फिचर गरिएको छ । देब कुमार श्रेष्ठ निर्देशित चलचित्रमा निर्जन र प्रियंकाको अलावा दयाहांग राई,राज कटुवाल, केकी अधिकारी, जनक बर्तौला, अर्जुन जंग शाही,शिशिर भण्डारी, ए.गुरुङ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । भानु प्रतापको प्रस्तुति रहेको चलचित्रमा अनिम श्रेष्ठ र राज केसीको मुख्य लगानी रहेको छ ।