चलचित्र पत्रकार संघ मकवानपुर शाखा कार्यसमिति सर्वसम्मत चयन


सेलिब्रेटी नेपाल

काठमाडौँ:चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाको चौथो अधिबेशन आईतबार सम्पन्न भएको छ । बागमती प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यमा समपन्न कार्यक्रममा मन्त्रि जमकट्टेलले मकवानपुरलाई चलचित्र छायाँकन नगरी बनाउन उपयुक्त ठाँउहरु रहेको बताए । मकवानपुर प्राकृतीक सुन्दर रहेको भन्दै बागमती प्रदेशको राजधानी भईसकेकाले यहाँका सुन्दर ठाँउहरुलाई चलचित्रमा कैद गरेर हेटौडाको सुन्दरर्ता प्रस्तुत गर्न चलचित्रकर्मीहरुलाई आग्रह गरे ।

चलचित्र पत्रकार संघ मकवानपुरको आयोजनामा मोफसलमा नेपाली चलचित्रको विस्तारमा चलचित्रकर्मी तथा सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले प्रदेशमा जेष्ठ पत्रकार र महिला पत्रकारको हितका निम्ती काम गर्न लागिएको वताए । संघीय तहमा पत्रकार कल्याणकारी कोष भन्दा आफुहरुले वनाएको कार्यविधि महत्वपूर्ण रहेको बताए ।

ब्रोकाष्टिङ एशोसिएसनका उपाध्यक्ष उज्वल चौलागाई, नेपाल पत्रकार महासंघका बागमती प्रदेशका अध्यक्ष प्रताप विष्ट, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईं,चलचित्र संघका दितिय उपाध्यक्ष कुबेर शर्मा,चलचित्र पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष कुमार अधिकारी,चलचित्र पत्रकार संघका केन्द्रिय महासचिब अनिल यादब,सचिब समिर बलामी,बैकुन्ठ पराजुली सहकोषाध्यक्ष जिबन पराजुली लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । यस्तै कार्यक्रममा चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले तत्कालिन चलचित्र विकास बोर्डका अध्यक्ष स्वर्गिय केशब भट्टराईको परिवारलाई एक लाख एक हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

स्वर्गिय केशब भट्टराई परिवार सहयोग समितिका संयोजक एबं बिकाश बोर्डका पुर्ब अध्यक्ष राजकुमार राईलाई चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले चेक हस्तान्तरण गरे । चेक हस्तान्तरण गर्दै अध्यक्ष गौतमले स्वर्गिय केसव भट्टराईले यो क्षेत्रमा दिनु भएको योगदान सदैब अमुल्य रहने बताए । कार्यक्रममा स्वर्गिय केसव भट्टराईको श्रदान्जली सभा समेत आयोजना गरीएको थियो ।

यस्तै चलचित्र पत्रकार संघ मकवानपुरको चौथो अधिवेशन पनि आईतबारनै सम्पन्न भएको छ । अधिवेशनले मणिराज गौतमको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा कपिल खड्का, सचिवमा श्रीराम अर्जुन दाहाल,कोषाध्यक्षमा मनोज देवकोटा र सहसचिवमा रविन्द्र गौतम चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा सन्नु रिजाल, दर्शन क्षेत्रि, अमृता पराजुली र दिपक सिंह रुम्बा सर्वसम्मत चयन भएको निर्वाचन कमिटीका संयोजक गिरिजा अधिकारीले जानकारी दिए।